नेताहरु
–दिलिप योन्जन / अस्टिन, अमेरिका
जुन बेला म
भिडहरु बीचमा छटपटिँदै हतार हतार
कोलाहलबाट भाग्छु …….निस्सासिँदै……
देख्छु त्यही भिड ……..त्यही जमात
एउटै झन्डा ……….एउटै माग
हातभरि बिरोधका ब्यानर बोकेर
ओंठभरि गाली ……… हातभरि ताली
°°°°°°°°°°°°°°°°°°°°
नेता फुर्तीसँग भाषण गर्छ
राष्ट्र, राष्ट्रियता
गरिबी, शिक्षा
जाति, धर्म
रोजगारीको ब्यबस्था
भ्रष्टचारको खुल्ला बिरोध
°°°°°°°°°°°°°°°°°°°°
म चुपचाप हेरिरहन्छु, टाढा बसेर एक्लै
त्यतिखेर मलाई यस्तो लाग्छ
भाडाको भेडा बाख्रा बटुलेर
केही नबुझ्ने अनपढलाई भेला पारेर
दिमाग खुस्केका नेताहरु कराइरहन्छन्
वल्लो गाँउको बिकास पल्लो गाँउमा
पूर्वको कुरा पश्चिममा
जनता झुक्याइरहन्छन्, झुक्याइरहन्छन्,
सधै एउटै भाषण, एउटै बिषय लिएर ।





