प्रचण्ड
-प्रदीप स्री
फालेर मुकुण्डो सूट लायौ देखाइदियौ सबलाई भेष
नेपाली हामी शान्ति चाहने नेपाल हाम्रो देश ।
बाटा र पूल भत्काका तिम्ले सम्झ है मनले
अगाडि बढुन पाइला तिम्रा नलागुन कतै ठेस ।
जनताको कसम खाएका तिम्ले कुर्चीमा नपोख्नु
दायाँ र बायाँ तेस्रो र ठाडो नखेले फोहोरी चेश ।
जनताको काखमा लुकेथ्यौ हिजो, भोलिनी चाहिने छ
संझियौ भने कर्णाली, रोल्पा हुने छौ सबको बेश ।
प्रचण्ड अलि पोल्छ कि कतै पुष्पनै राम्रो भेष
नेपाली हामि शान्ति चाहने नेपाल हाम्रो देश।
ज्या. म्याग्दी, हाल डिगुटेस्ट, कतार
इमेल[email protected]