आइफल टावरको नाकैबाट संसार भर बुद्यको सन्देश
नेपालमा जन्मिएका गौतम बुद्यलाई भारतीय सरकारले भारतमा जन्मेको दाबी गरिरहेको छ । गौतम बुद्य जन्मेको नेपालको कपिलवस्तु जस्तै स्थान खडा गरेर भारतमा जन्मेको भ्रम छर्न खोजिरहेको छ । गौतम बुद्य र उनको जन्मसँग संबन्धित नक्कली वस्तु तयार गरेर प्रमाणको रुपमा प्रस्तुत गर्न खोजिरहेको छ । सरकार नालायक छ । उ चुईक्क बोल्न सकेको छैन । तर के नेपालीहरुले त्यो चुप चाप सहन सक्छन् ?
स्वदेशका होउन वा बिदेशमा रहेका नेपालीहरु नै, उनीहरु कहिल्यै चुपचाप लागेर बसेनन्, बस्दैनन् पनि । गौतम बुद्यलाई भारतीय बनाउने भारतीय दुस्साहसका बिरुद्द बिश्वभरिका नागरिकसमक्ष भ्रम चिरिदिन, गौतम बुद्य नेपाली हुन्, नेपालको कपिलवस्तुमा जन्मिएका हुन् भनेर जानकारी दिन र उनको शान्ति र अहिंसाको उपदेशलाई संसारभरि फैलाउन फ्रान्सको राजधानी पेरिसमा रहेको आइफल टावरको अगाडिबाट शान्ति र्याली गर्ने भएका छन् फ्रान्सवासी नेपालीहरुले । शान्ति र्याली आउँदो मे २७ तारिख बिहीबारका दिन दिउँसो ३ देखि ५ बजे गर्न लागिएको हो । पेरिस स्थित नेपाली दुतावासको सहयोग र सहकार्यमा यो र्याली पेरिसमा रहेको नेपाली एकता समाजले आयोजना गरेको हो । कार्यक्रम बुद्य जयन्तीको अवसरमा गर्न लागिएको एकता समाजले पठाएको पत्रमा उल्लेख छ ।
खबरदार विश्वभरि शान्ती र अहिंसाको सन्देश फैलाउने गौतम बुद्यलाई विवादमा ल्याउन पाइँदैन । नेपालमा जन्मिएका गौतम बुद्यलाई भारतमा जन्मिएको भनेर विवाद खडा गर्न पाइँदैन । सरकार म्रिततुत्य भएपनि नेपालीहरु जिवितै छन् र हाम्रा गौतम बुद्यलाई कहिल्यै बिदेशीको भ्रममा पर्न दिँदैनौ । संसारभरका शान्तिकामी नागरिकका गुरु, प्रेरणकास्रोत बुद्यमाथि अत्याचार हुन दिँदैनौं । सायद नेपालीहरुको आत्माले यहि भनिरहेको छ । त्यसैले यस दिन त्यस्तै शान्ति र अहिंसाका गौतम बुद्यका उपदेशहरु सहितका प्लेकार्ड र पम्प्लेटहरु सहित र्याली गरिने छ ।
–कार्यक्रमको बिस्त्रित जानकारी हेर्नुस-
– कार्यक्रम हुने स्थान- आइफल टावर अगाडि (Parvis de Trocadéro)
–मिती- बिहिबार २७ मे २०१०
–समय- दिनको ३ बजेदेखि ५ सम्म
–मेट्रो- थ्रोकादेरो / लाईन – ६ र ९
–बस नं- २२, ३० र ५२
–सम्पर्क-
–नेपाली दुतावास- ०१ ४६ २२ ४८ ६७
–तप्त भण्डारी- ०६ ८५ ७८ ६० ५७
–प्रमोद पाण्डे– ०६ ८२ ८७ ४४ ६३
–सुक गुरुङ- ०६ १७ ०८ १३ ८६
–राम मगर- ०६ २६ ७० ४० ११
– यो कार्यक्रमबारे तपाईका केहि सुझाव, सल्लाह र गौतम बुद्य संबन्धि तस्बिर, अन्य प्रमाण वा तथ्यहरु भए नेपालप्लसमा पठाउन सक्नुहुन्छ । वा सुझावहरु पाठक प्रतिक्रिया मार्फत राखिदिनुहोला–नेपालप्लस ।




