गजल
-नेपोलियन मरहट्टा
जनसागर उठेपछी राजिनामा दिनु राम्रो
सबै आधार टुटेपछी राजिनामा दिनु राम्रो ।
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
बिरोधको ज्वाला लिई गाउँ, बस्ति, सडक हुँदै
शहर् बजार जुटेपछी राजिनामा दिनु राम्रो ।
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
कतिन्जेल टिक्छ आखीर दुश्मनीमा एक्लो यात्रा
सारा संसार छुटेपछी राजिनामा दिनु राम्रो ।
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
अलिकति लाज भए, ख्याल गर इज्जतले
घरबार लुटेपछी राजिनामा दिनु राम्रो ।
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
तिम्ले चुनाव हार्नु नै साँढे सातको दशा थियो
आफ्नो निधार फुटेपछी राजिनामा दिनु राम्रो ।





