आमहडतालले पूर्व राजापनि जंगलमा थुनिए

अहिलेको आम हडतालले क कसलाई असर पार्‍यो होला ? मन्त्रीहरु प्रहरी भ्यानमा सिंह दरबार ओहोर दोहोर गरिरहेका छन् । एमाले नेता केपी  ओलीले घरै छोडे । आफ्नो शासनकालमा पुरा सैनिक अघि पछि लगाएर हिँडेका पूर्व राजा ज्ञानेन्द्रलाई समेत निकै गाँजेछ माओवादी आम हडतालले । दुई वर्ष अघिसम्म त्यत्रो शक्ति र शान भएका पूर्व राजा ज्ञानेन्द्र शिवपूरीको जंगलभित्रै थुनिएछन् ।

आज बुधबार निस्किएको जनआस्था साप्ताहिका अनुसार केहि दिनका लागि भनेर उनी आफ्नो निवास छोडेर शिवपुरी जंगलमा गएका रहेछन् । उनले माओवादी आन्दोलन शुरु हुने बेलैमा नागार्जुन दरबार छोडेका रहेछन् । त्यहाँबाट परिवार लिएर उनी शिवपुरी जंगल गएछन् । आरामका लागि पुगेका उनी माओवादीको आम हडतालका कारण फर्किन सक्ने अवस्था नभएपछि उतै थुनिएका रहेछन् ।

संसदवादी दलहरुको लडाई उनले त्यहिँ बसेर बिभिन्न एफ एम, टीभी र रेडियो मार्फात् हेरिरहेका रहेछन् । सञ्चारका तिनै साधन र फोन मार्फत राजधानीको गतिबिधीबारे  जानकारी लि ईरहेका रहेछन् । संसदवादी दलहरु र माओवादीबिचको भिडन्त देखेर उनी एकदम हर्षित र उत्साहित बनेकोपनि स्रोतलाई उल्लेख गर्दै जन आस्था साप्ताहिकले जनाएको छ । गणतन्त्र पक्षधरबिचमै चर्किएको झगडा देखेर दंग परेका ज्ञानेन्द्रले त्यसको प्रतिफल आफ्नो पक्षमा आउने आँकलन गरेकोपनि समाचारमा उल्लेख छ ।

तपाइँको प्रतिक्रिया