फ्रान्सेलीलाई नेपाल नजान फ्रान्सेली सरकारको आग्रह
आन्दोलनका केहि दिन पर्ख र हेरको स्थितिमा रहेका बिदेशी दुतावासहरुले अब आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्नु भन्दै सूचना जारी गर्न थालेका छन् । फ्रान्सको परराष्ट्र मन्त्रालयले यस्तै सूचना जारी गर्दै आफ्ना नागरिकहरुलाई नेपाल नजान सचेत गराएको छ । मे १ मा भएको माओवादीको विशाल प्रदर्शनी र मे २ मा भएको हडताल पछि मन्त्रालयले यस्तो सूचना जारी गर्नु परेको जनाएको छ । फ्रान्सेली परराष्ट्र मन्त्रालयले हिजोको मितीमा जारी गरेको सूचनामा जनाइएको छ- स्थिति बिग्रिसकेको छैन तर राजनितिक दलहरुले कुनै राजनितिक सहमतीमा नपुगे परिस्थिति जस्तोसुकैपनि हुनसक्छ । त्यसैले बन्द र हडतालको यस्तो स्थितिमा नेपाल घुम्न जानेहरुलाई आफ्नो भ्रमण पछि सार्न अनुरोध गरिन्छ।
नेपालमा वर्षेनी २५ हजार भन्दा बढि फ्रान्सेली पर्यटकहरु जाने गर्छन् । जनयुद्दको बेलामापनि अन्य देशका पर्यटकको तुलनामा फ्रान्सेली पर्यटकहरुको संख्या उल्लेख्य थियो । नेपाल भ्रमण गर्ने प्रमुख चार देशका नागरिक मध्ये फ्रान्सेली पनि पर्छन् ।




