पेरिसमा नेपाली र तिब्बतीबिच फूटबल प्रतिस्पर्धा
(नेपाली टोली । फोटो : राजेन्द्र कार्की)
फ्रान्सको नेपाली एकता समाजले आज फूटबल प्रतियोगिता आयोजना गर्यो । फ्रान्स निवासी तिब्बती र नेपालीहरुबिच भएको थियो प्रतियोगिता । आज नेपालको आम हडतालबारे समाचार लेखेर बस्नु पर्ने भएपनि साथीहरुको बचन हार्न नसकेर म हतार हतार पुगें। खेल शुरु भैसकेकाले केहि तस्बिर लिन पाइन, हेर्न पाइएन । जति हेरियो, खेल असाध्यै राम्रो वतावरणमा सम्पन्न भयो ।
(यो चाहिँ तिब्बती र नेपाली टोली संयुक्त रुपमा । ड्रेस दुबै टोलीको एउटै रंगको परेछ । त्यसैले मध्यान्तरसम्म एक र मध्यान्तर पछि अर्को टोलीले लगाउने अनि ड्रेस नलगाउँदा भिन्न लुगामा खेल्ने सहमती भएको थियो । फोटो : राजेन्द्र कार्की)
तिब्बती टोली धेरै ब्यवसायिक र स्फूर्त रहेछन् नेपाली टोली भन्दा । उनीहरु मध्ये धेरै ब्यवसायिक खेलाडीनै रहेछन् । नेपाली टोली झण्डै सबैजसो कुनै न कुनै काम धाम गरिरहेका र ब्यायाम गर्ने फूर्सद नै नभएका, खासै नगरेका। त्यसैले उनीहरुले नेपाली टोलीलाई आठ गोल हाने। नेपालीले दुई गोल । खेलमा हारजित हुन्छ नै । यसले सबै छिमेकी तिब्बती नागरिक र नेपाली नेपालिबिचपनि मित्रता र निकट हुने, रमाउने, दुख सुख साट्ने मौका दिलायो ।
(यो चाहिँ तिब्बती टोली)
पेरिसमा नेपाली र तिब्बतीबिच फूटबल प्रतिस्पर्धा खेल समापन पछि संयुक्त रुपमा फोटो खिचाउँदै खेलाडीहरु । नेपाली झण्डा त जहाँ पनि हुने नै भयो । तिब्बतीहरुलेपनि आफ्नो झण्डा र साथमा फ्रान्सेली झण्डापनि राखेका थिए ।

पोज दिने भन्दा खिच्नेको भिड: खेलाडीहरुले संयुक फोटो खिचाउँदा फोटो खिच्ने नेपालीको भिड ।
खेल हेर्ने दर्शकहरुको पंक्ति । पानी परेर भिजाउँदा पनि दर्शक निकै थिए ।
फूटबल हेर्न बालबच्चा बोकेर आउने महिलाको संख्यापनि उल्लेख्य थियो ।
मध्यान्तरमा गफगाफ गर्दै नेपाली खेलाडी ।
ऐया नी ऐया : खेलमा घाईते एक साथीलाई मालिस गरिदिँदै एक खेलाडी ।
नेपाली टोलीको तर्फबाट ‘म्यान अफ द म्याच’ पाउने उत्क्रिष्ट खेलाडी रेवक भाई आफ्नो कप सहित । यि भाई बडो राम्रो खेल्ने रहेछन् ।
खेल जितेपछि हर्षले कप चुम्दै रमाएका तिब्बती खेलाडीहरु ।
खाजा बाँड्दै महिलाहरु ।
खेलको समाप्तीपछि खाजा खाँदै नेपाली खेलाडी ।
तिब्बती खेल टोलीका ब्यवस्थापक झाम्पा लामा नेपाली एकता समाजका अध्यक्ष तप्त भण्डारीलाई खेलकूद आयोजना गरेर प्रशंसनिय काम गरेको भन्दै आफ्नो टोलीको तर्फबाट खाता पहिरिदिएर धन्यावाद दिँदै ।
हस्त सलाम सबैलाई : फूटबल खेल हेर्दा रमाएका यि दुई फुच्चे सलाम ठोकेर हाँस्दै र हसाउँदै थिए । (तस्बिरमा उल्लेख बाहेक सबै तस्बिर नेपालप्लसले खिचेका हुन् ) ।


















