एमाले नेताको ज्ञापनपत्रले माओवादीहरु उत्साहित
नेकपा एमालेका ६० नेताले हस्ताक्षर गर्दै प्रधानमन्त्री नेपालको राजिनामा मागेपछि माओवादी नेता तथा कार्यकर्ता उत्साहित बनेका छन् । आम हड्तालमा उत्रिएका नेता तथा कार्यकर्ताहरुले त्यसलाइ सरकार बिरोधी उर्जाको रुपमा लिए आज दिनभरि राजधानीमा ।
वामदेव गौतम सहितको हस्ताक्षर भएको सो बिज्ञप्ती आज मात्रै पार्टी अध्यक्ष झलनाथ खनाललाई बुझाएपनि नेकपा माओवादीका अध्यक्ष प्रचण्ड, डा बाबुराम भट्टराई र माओवादी कार्यालयलाई भने हिजै साँझ पठाइएको एमाले स्रोतले जनाएको छ । त्यस बिज्ञप्तीलाई आज माओवादी समर्थकहरुले आज दिन भरिनै फोटो कपी गरि गरि बाँडेर पढेका थिए । बिज्ञप्ती हरेक कोण कोणमा आन्दोलनकारीहरुले बाँडेका थिए । माओवादी कार्यकर्ताहरुले ‘देख्नु भो ? अब एमालेमा बिद्रोह हुने भयो’ भन्दै उत्साहित बनेका थिए ।
तपाइँको प्रतिक्रिया
सम्बन्धित
ताजा अपडेट्स
लोकप्रिय
फेसबुक




