भरतपुरमा प्रहरी र माओवादीबीच झड्प
काठमाडौं- एकीकृत माओवादीले आह्वान गरेको आमहड्तालमा परीक्षा सञ्चालन
गरेको भन्दै विरोधमा उत्रिएका माओवादी कार्यकर्ता, माओवादी निकट
अनेरास्ववियु क्रान्तिकारीका कार्यकर्ता र प्रहरीबीच आज चितवनको भरतपुरमा
झड्प भएको छ ।
भरतपुरमा रहेको चितवन उच्च माध्यमिक विद्यालय परीक्षा केन्द्रमा परीक्षा
सकिनै लाग्दा माओवादी कार्यकर्ताहरु पर्खाल भत्काएर परीक्षाकेन्द्र भित्र
प्रवेश गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीले लाठीचार्ज गर्दै
भीड नियन्त्रणमा लिन आधा दर्जन अश्रुग्यास समेत प्रहार गरेको थियो ।
माओवादी कार्यकर्ताहरुले परीक्षा विथोल्न ढुंगामुडा प्रहार गरेपछि
प्रहरीले हस्तक्षेप गरेको थियो । झड्पमा एक पत्रकार केपी शर्मा र एक
सशस्त्र प्रहरी घाइते भएका छन् । अन्य घाइतेहरुको परिचय भने खुल्न सकेको
छैन ।
तपाइँको प्रतिक्रिया
सम्बन्धित
ताजा अपडेट्स
लोकप्रिय
फेसबुक




