अन्तिम वार्तापनि असफल, केहि बेरबाट आम हडताल शुरु
माओवादीले भोलि देखि आव्हान गरेको आम हड्ताल फिर्ता गरेर संबिधान लेखन, सेना समायोजन, शान्ति संझौता पालना तथा सरकार परिवर्तनका बारेमा सहमती खोज्नको लागि साँझ बसेको तिन दलको बैठक बिना कुनै सहमती भंग भएको छ । तिनै दलले आआफ्ना पूर्व अडान राखेपछि यो वार्ता कुनै सहमती बिना भएको हो । वार्तामा संलग्न माओवादीका नेता डा बाबुराम भट्टराई सरकारले पुरानै अडान राखेकोले सहमती हुन नसकेको र यो सरकार रहुन्जेल कुनै सहमती हुन नसक्ने बाताउँदै बार्ता स्थल रेडिसन होटेलबाट निस्किएका थिए । अहिले नेपालमा झण्डै मध्य राती भएको छ र अबको केहि बेरमै आमहडताल शुरु हुने छ।
आजको प्रदर्शनीमा माओवादी नेताहरुले जनसभालाई संबोधन गर्ने क्रममा यो जनताको अन्तिम लडाई भएको र जनताले यो लडाईमा राज्यसत्ता प्राप्तीकालागि जितेरै छाड्ने बताइसकेका छन् । माओवादीहरुले यसलाई अन्तिम लडाई भन्दै आएकाले पनि आम हड्ताल शान्तिपूर्ण पक्कै हुने छैन । यो आन्दोलन कतिदिन जान्छ । यसले कस्तो परिणाम ल्याउँछ भन्ने स्पष्ठ पनि छैन ।
माओवादी नेताहरुले यो आम हडताल जनताको सत्ता प्राप्त नहुन्जेल जस्तोसुकै परिस्थितिमा पनि जारी राख्ने बताएकाले हडताल महिनौंसम्म जान सक्ने संभावना छ । आम हडताल लम्बिँदै गयो भने त्यसले अवश्यै ठुलो हत्या र हिंसाको रुप लिनेछ । अनि देशले ठुलो आर्थिक संकट भोग्नुपर्ने छ ।




