माओवादीको डरले घर छोडेर हिँडे ओली

बाहिर बाहिर माओवादीको आन्दोलन बाट कोहि तर्सिन्न भन्ने । जनतालाई माओवादीको हौवा हो तर्सिनु जरुरि छैन । सरकारले तह लगाउँछ पनि भन्ने । तर आफु चाहिँ ? आक्रमण गर्लान माओवादीले भन्ने डरले घरनै छोडेर भाग्ने ?  माओवादीका प्रमुख आलोचक हुन एमाले नेता के पी ओली । ग्रिह मन्त्रीपनि पहिलेका । पूर्व ग्रिहमन्त्रीहरुलाई यसैपनि अरुको भन्दा गतिलो सुरक्षा ब्यवस्था हुन्छ । तर जनताका अगाडि धाक धम्कीले कोहि तर्सिन्न भनेर के गर्नु ? ओली आफ्नो सुरक्षाका बारेमा कति तर्सिएका रहेछन् त ! उनले माओवादीले आक्रमण गर्ला भन्ने डरले माओवादीको आमहडताल होइन कि भोलीको मे १ प्रदर्शन पनि शुरु नगर्दै घर छोडेर हिँडेका छन् । उनी संभावित आक्रमणको डरले अबदेखि मन्त्री निवास पुल्चोकमानै बस्ने रे आजै साँझदेखि ।

भन्न त सरकारले सबै सुरक्षा उपाय अपनाइएको छ भनेको छ । जनताको जिउ धन सुरक्षा गर्न कटिबद्द छ। नियन्त्रणमा लिइन्छ माओवादीको संभावित आक्रमणलाई पनि भनेको छ । तर सरकार कति तर्सेको रहेछ त ? नेता कति आत्तिएका रहेछन् यहि घटनाले देखाउँछ । जनताको सुरक्षा कसरि होला जब कि पूर्व ग्रिह मन्त्रीनै आक्रमण होला भन्ने डरले घर छोडेर हिँड्नुपर्ने भएपछि ? सरकार चलाईरहेको पार्टीका नेतालेनै घर छोडेर हिँडेपछि जनता कसरि आश्वस्त होलान् आफ्नो सुरक्षा हुन्छ भनेर ?

तपाइँको प्रतिक्रिया