आउँदा जाँदा मुस्कुराउँथी
-दिलिप योन्जन / अमेरिका
आउँदा जाँदा मुस्कुराउथी, हिजो आज छोड्यौ किन
चोखो माया तोडनुरैछ, झुटो माया जोड्यौ किन ।
°°°°°°°°°°°°°°°°°°°°°
फुलै फुलको बगैचामा, दुख्ने काँडा रोप्यौ किन
हाँसी खुसी बाँचेकैथे, ब्यथा पिडा छोड्यौ किन ।
°°°°°°°°°°°°°°°°°°°°°
जन्म जन्म जिउने मर्ने, बिर्सी दिई कसम किन
धोका दिई हास्नु रैछ, देबी देउता भाक्यौ किन।
°°°°°°°°°°°°°°°°°°°°°
गन्तब्य हाम्रो एउटै थियो, बाटो बिच्मै मोड्यौ किन
दुई आत्माको मिलन हाम्रो, थाहै नपाई तोड्यौ किन।
°°°°°°°°°°°°°°°°°°°°°
तारा जुन साची राखी, दिन्मै टाडा भयौ किन
जिउने आसमा मार्नु रैछ, छिन्मै छुरा घोप्यौ किन।





