गजल
-नेपोलियन मरहट्टा
युद्ध कालमा जनताको घरबार पर्यो निशानामा
घरबार पछी सूचना र संचार पर्यो निशानामा ।
++++++++++
अनि सुरु भयो तिनको भयंकर नर वलि
एक दिन हैन, सातै बार पर्यो निशानामा ।
++++++++++
कुनै बेला उस्को चन्दा संकलनले रुवाएथ्यो
त्यस बेला ब्यापारिको ब्यापार पर्यो निशानामा ।
++++++++++
हजारौंको बलि पछी पनि धोको बाँकी रहृयो
अनि आई नारायणहिटी दरबार पर्यो निशानामा ।
++++++++++
अहिले फेरि जनसरकार गठन गर्दै हिंडेको छ
यति खेर केन्द्रिय त्यो सरकार पर्यो निशानामा ।





