बरु काली भन जाली नभन
–उमादेवी / देवीपथ, हेटौंडा
बरु काली भन कृपया मलाई जाली नभन,
म त तिम्रै घरवाली हुँ, मलाई साली नभन ।
———————–
सम्मोहनका मधुमासमा मदहोस सुवासिनी,
म त हजुरकै फुलबारी हुँ, मलाई माली नभन ।।
———————–
स्पर्शमा लालायित मस्त परागमा फक्रिएकी,
म त सुन्दर गुलाब हुँ, मलाई डाली नभन ।।
———————–
सुहागका प्रतिबिम्ब तिम्रै लागि आवाद सिउँदो,
पर्खाइमा प्रताडित मलाई किन खाली ? नभन ।।
———————–
नयाँ सम्बन्ध, नयाँ संसार अनी खुशी नयाँ बर्षको,
यि त स्वयम्बरका थपडीहरु हुन्, रमिते ताली नभन ।।
हाल : साउदी अरेबिया, दमाम ।




