नयाँ नेपालको गाउँ खाने कथा
-सागरिका
सुन सुन साथी म केही कह्न्छु ।
नयाँ नेपालको गाउँ खाने कथा म भन्छु ।
जानी जानी गल्ती गर्ने तर माफि नमाग्नेलाइ
सिरमा राखी दिँदा पनि अरुकै पाउ मोल्नेलाइ
के भन्छन के भन्छन साथी झा भन्छन क्यारे
नुन खाने घरको तर सोझो अरुकै गर्नेलाई
आफ्नो देश बिर्सि अरुको गुण गाउनेलाई
के भन्छन के भन्छन साथी परमा नन्द भन्छन रे हो
हाँसको बथानमा यो बकुल्ला कहाँ बाट आएछ
आफ्नो भाषा बिर्सि अरुको बोलिमा कराएछ
जुन थालमा खायो त्यहिथालमा थुक्नेलाइ
जसले दुध खुवायो उसैलाइ डस्नेलाइ
के भन्छन के भन्छन साथी गोबन साँप भन्छन रे हो ?
यस्ता साँप सबैको सबैको साथी अब दात फुकाल्नु छ ,
आफ्नो माटो नचिन्नेलाइ माटो चिनाउनु छ
हामी सबै मिली अब नयाँ नेपाल सपार्नु छ ।
झा जस्ता देश द्रोहिलाई फयाँकि देशप्रेमिलाइ डोर्याउनु छ
जननी जन्म भुमी स्वर्गदपी गरियसी
सबले एक स्वरमा गाउनु छ ।