गजल

-नेपोलियन मरहट्टा

सरकार अस्थिर रहेर बिग्र्यो

जनताले पीर सहेर बिग्र्यो ।

———————-

अचम्म छ खोला, नदि र नाला

सबै पश्चिम तिर बहेर बिग्र्यो ।

————————

प्रकृतिको पनि दोष छ थोरै

जतासुकै भीर भएर बिग्र्यो ।

———————-

घरको समस्या सुल्झिन्थ्यो आफैं

त्यै छिमेकी निर गएर बिग्र्यो ।

[email protected]

तपाइँको प्रतिक्रिया