काम पाइनौ बुहारी कुन्नी के …..भनेझैं माओवादी नेत्रीको ताल
हिशिला यमी माओवादीकी हुनहार नेत्री । केन्द्रिय सदस्य पार्टीको । पहिलेकी मन्त्री । अंग प्रदर्शनकी महाबिरोधी । ‘महिला ट्यालेन्ट शो’ कि झन कट्टर बिरोधी । महिलाले अंग प्रदर्शन गरेको बिरोधमा उनले कति पटक धर्ना दिईन् दिईन् । निकै पटक पक्राउपनि परिन् । अहिलेको अवस्था कस्तो छ देशमा ? उनको पार्टीले हिजै मात्र नेपाली कांग्रेसका सभापती गिरिजाप्रसाद कोइरालाको निधन लगत्तै देशमा राजनितिक संकट उत्पन्न हुनसक्ने भन्दै देशभरिका आफ्ना कार्यकर्तालाई सतर्क रहन निर्देशन दिएको छ ।
नेताहरुले वाइसियल र अनमिनद्वारा अयोग्य ठहर्याइएकालाई धमाधाम राजनितिक प्रशिक्षण दिइरहेका छन् । जनसेना संयोजन नहुने, संबिधान पनि नबन्ने स्थिति रहेकाले अब देशमा गम्भिर राजनितिक संकट उत्पन्न हुने र त्यो स्थितिमा राज्यसत्ता कब्जा गर्ने भन्दै प्रशिक्षण दिइरहेका छन् । माओवादीका अध्यक्ष प्रचण्ड स्वयंले सकेसम्म अब पार्टीको सम्पूर्ण शक्ति संबिधान बनाउने काममा परिचालन गर्ने भनेकोनै तिन हप्ता जति भैसक्यो । यस्तो बेला देशको सबै भन्दा ठूलो पार्टीको केन्द्रिय सदस्य र एक सशक्त महिला नेत्रीको भूमिका कस्तो हुनु पर्ने हो ? संबिधान बनाउनका लागि कि अनुहार रंगाउने, कोरीबाटी गर्ने ठाउँ उद्घाटन गर्ने ? हिसिला (फोटोमा दाहिनेबाट प्रथम) का लागि ब्युटिपार्लरको उद्घाटन नै बढि महत्वपूर्ण रहेछ ।
सारा नागरिक अब देशमा के हुने भन्ने चिन्ताले छट्पटाएका छन् । सिंगै नागरिक समाज सडकमा उत्रिँदै छ । यस्तो बेला नेताहरुले आफ्नो तर्फबाट संबिधान बनाउनकालागि जे सकिन्छ त्यो भूमिका निर्वाह गर्नुपर्ने हो । अरु केहि नभए महिलाहरुलाई परिचलन गर्न त सकिन्छ । नागरिक समाजका प्रतिनिधी र अन्य सामान्य नागरिक समेतले नयाँ संबिधानकालागि आफ्नो ठाउँबाट पहल गरिरहेका बेला राज्यको तर्फबाट संबिधान सभा सदस्यका हिसाबले तलब लिएकि हिशिला भने ब्युटिपार्लर उद्घाटनमा ? हिजो उनी नेपाली नायिका मेलीना मानन्धर र करिष्मा मानन्धरसित राजधानीको महाराजगञ्जमा एउटा ब्युटिपार्लर उद्घाटन गर्न गएर निकै समय बिताईन् । त्यहाँ महिलाहरु आत्मनिर्भार बन्नु पर्छ भन्दै ब्युटिपार्लरको प्रशंसा गाएर भाषणपनि ठोकिछन् ।
करिष्मा र मेलीना त नायीका भए । उनिहरुकालागि ठिकै होला । तर हिशिला त एक राजनितिज्ञ । वरिष्ठ राजनितिज्ञ । यस्तो बेला ब्युटिपार्लर उद्घाटन गर्दै हिँड्ने ? खोइ देशको चिन्ता ? खोइ त संबिधान बन्दैन कि भन्ने हुटहुटी ? हग्नेलाई भन्दा देख्नेलाई लाज भनेको यहि होइन ? एक त ब्युटिपार्लर उद्घाटनमा त्यो स्तरका नेता जानै पर्दैन । गएपनि यस्तो संकटपूर्ण घडीमा त्यो स्तरका नेता के ब्युटिपार्लर उद्घाटनमा पुग्ने हो ? (फोटो कान्तिपुर अनलाईनबाट लिईएको हो) ।




