बिदेशमापनि कोइरालाको शोक पुस्तिकामा हस्ताक्षर
आज गिरिजा बाबु स्वर्गिय भएको तेस्रो दिन । नेपालका सबै कूटनितिक नियोगहहरुमा शोक पुस्तिका राखिएको थियो । जिवनमा उनले निक्कै राजनितिक गल्ति गरे । तरपनि उनले पछिल्लो समयमा निकै सकारात्मक काम गरे । दुखको क्षणमा गाली गर्नु उचित होइन नै । मन र ह्रिदय भाँचिएका बेला, दुखेका बेला झन के आलोचना गर्नु ? जति आलोचना गरेपनि साँच्चै गिरिजबाबु बिनाको अबको नेपाली राजनिति सहज हुने देखिन्न । त्यहि सम्झेर, उनका सकारात्मक कामलाई हेरेर मपनि आज गएँ शोक पुस्तिकामा हस्ताक्षर गर्न । यद्दपी उनका बारेमा मैले धेरैनै खर्चिसकेको छु । संयोग कस्तो भयो भने शोक पुस्तिकामा हस्ताक्षर गर्ने म पहिलो ब्यक्ति परेछु । म पछि पेरिस निवासी एक महिलाले हस्ताक्षर गरिन् ।
दुतावासको मुल ढोकामामै नेपाली झण्डा आधा झुकाईएको थियो । त्यो झण्डा देख्दै कता कता मेरो त मन झन अमिलो भयो । तर जिवन अजम्मरी हो भन्ने सोचेपनि, म सब थोक हुँ भनेर बलियो हुन्जेल बटारिएपनि र थुप्रै मन र आत्माहरुलाई दुख दिएर आफ्नो स्वार्थ मात्रै हेरेपनि एक दिन सबै त्यसैगरि जानुपर्ने रहेछ । साँच्चै अस्ति सम्म ‘लौ न राष्ट्रिय सहमते गरौं’ भनेर देशाका लागि हारगुहार गरेका कोइरालाको आज शोक पुस्तिकामा हस्ताक्षर गर्दा असाध्यै नरमाईलो लाग्यो । मित्रहरु एक दिन सबै छोडेर जानुपर्ने जिवन यस्तै रहेछ !!!!
पेरिसमा बस्ने मित्रहरु समय मिल्छ, फूर्सद छ भने मेरो आग्रह छ, क्रिपया जानुहोस पेरिसस्थित नेपाली दुतावास र कम्तिमा स्व कोइरालाको शोक पुस्तिकामा हस्ताक्षर गरेर सम्झिदिनुस्, सम्मान गरिदिनुस् ।






