देशले रगत मागे अरुकै बलि चढाउनु
–सागरिका
देशले रगत मागे अरुकै बलि चढाउनु
रुनेछिन मेरी आमा नव नेपाल कि छोरी
खै काँगडाका सन्तान ? उहिले मरिसके ति
अहिले जो छन सबै नेपाली नै कहाँ हुन ?
कोइ जापान त कोइ क्यानडा भासिएछन
जो जती छन सब यहाँ डिभी त्यो भर्दैछन
पहिले बिदेश जाँदा रुने आमाहरु
कहिले जान्छ छोरा बिदेश भन्दै
अहिले दिनरात धुपौरो ति गर्दैछिन
ममताका त्रिष्णाहरु नोटैले पुर्दैछिन
सुरा सुन्दरीमा ब्यस्त युवाहरु सब
डोराउने दरो हात नहुँदा खाल्डोमा पर्दैछन
बामे नसर्दै छोराको आमा चिनो देखाउँछिन
नजाने होकी बिदेश भन्दै सुर्ताउँछिन
क ख नसिक्दै बाबा ए फर बि फर सिकाउँछन
अंङ्रेजी सिके बिदेश जानु पाइन्छ भनी सुनाउँछन
देशले सपुत मागे कान्तिपुरमा बिज्ञापन गर्नु
डलर बोक्न सबै बिदेश लागे छन भन्नु
देशले रगत मागे अरुकै बलि चढाउनु
रुनेछिन मेरी आमा नव नेपाल कि छोरी
[कान्तिपुर टिभीको भविष्य दर्पण कार्यक्रममा आज एकजना आमाको “मेरो छोराको बिदेश जाने योग छ कि छैन” भन्ने प्रश्न सुनेर यो सानो कबिता रचना गरिएको हो ] ।