छोरीको कमिशनकालागि प्रधानमन्त्रीलाई कोइरालाको दबाब !

डाँडाका घाम हुन् गिरिजाप्रसाद कोइराला । कतिखेर कहाँ त्यो घाम फुस्सै अस्ताउने हो भन्नेमा उनीपनि द्विबिधामा छैनन् । पार्टीका आफु निकटकालाई ‘लौ मैले सक्दिन, देश चलाउनु’ पार्टी चलाउनु’ भन्दै उपदेश दिँडैपनि हिँडेका छन् राष्ट्रिय चिन्ता देखाएर । तर यस्तो बेलापनि उनलाई भारतीय स्वार्थमा किन त्यति चिन्ता ? अहिलेपनि उनले भारतीय हितकैलागि सकि र नसकि, किन भारतको हितको लागि मरिमेट्ने ? ओछ्यानमा बाह्रै घण्टा प्राणवायू (अक्सिजन) लिएर चिकित्सकहरुको निगरानीमा बस्दापनि कोइरालाले किन सकि नसकि फोन तानेर भारतको चाकरी गरेका ?

 प्रसंग गत बिहिबारको हो । उनले भतिज शशांक कोइरालाको महाराजगंज निवासबाट छोरी सुजाताको मण्डिखाटार निवास सर्ने इच्छा देखाए । वरिपरि चिकित्सक छन् । पार्टीका कार्यकर्ता छन् उनको स्वास्थ्यको चिन्ता गर्दै अगाडिपछाडि लागेका । उनलाई मण्डिखाटार पुर्‍याइयो ।

उनी दिउँसो १ बजे पुगे । त्यहि दिन साँझ करिब ७ बजे उनले फोन ताने । हत्त न पत्त कनी कनी प्रधानमन्त्री माधव कुमार नेपाललाई फोन गरे । उनले भारतबाट आफ्नी छोरी सुजाताले ल्याउने भनेको मेशिन रिडेबल पासपोर्टको निर्णय छिटो गरिदिन दबाब दिए । भारतले अरु देश सरहकै सुबिधा, स्तर र सस्तोमा दिने भनेको र सुजाताले त्यसमा ठिक निर्णय गरेको भन्दै त्यसलाई छिटो निर्णय गरेर टुंग्याइदिन दबाब दिएछन् ।

 वास्तबिकता के भने अरु देशले भारतले भन्दा अझ उच्च स्तर र सस्तोमा दिने प्रस्ताब गरिरहेका छन् । तरपनि भारतको चाकरी गर्न र छोरीलाई कमिशन आउने भएर त होला धिकिर धिकिर भएका कोइरालालेपनि भारतबाटै पासपोर्ट ल्याउन दबाब दिएका । उनले बुझ्नु पर्ने हो, यो निर्णय अलोकप्रिय छ । देशको हितमा छैन । आफ्नी छोरीले गलत निर्णय गरेकि छन् ।  अनि नाथे पासपोर्ट कहाँबाट कस्तो ल्याउने भन्ने निर्णय एक त सरकारले गर्ने हो भने अर्को अहिलेको अवस्था भनेको पासपोर्ट ल्याउने विषयमा त्यो स्तरका नेता अल्झिने बेला होइन । तर कमिशन र बिदेशीको चाकरी हाम्रा नेताका प्रथमिकता हुन् अनि कसको के लाग्छ ?

तपाइँको प्रतिक्रिया