समय ऐनामा आफू
-विद्या सापकोटा
हर विहानीको शुरुवातसँगै
म देख्छु
हातमा कुचो लिएका
एक हूल माक्सधारी अनुहारहरु ।।
यता कुनामा प्लाष्ट्रिकका पोका
उता उडेका पातहरु
वीचमा फुटेका शिशि
अनि यताउता, यस्तो उस्तो
कतै मान्छेका लितीहरु ।।
त्यो झरेको पात भएर फोहर
त्यो प्लाष्टिक, त्यो कागज
त्यो सिरिन्ज, ती विकारहरु
काम नलाग्ने चीज सबै फोहर
हो, सबै फोहर नै फोहर
एक दिगदिगाउँदो परिवेश ।।
छि: कस्तो रिङ्गटा लाग्दो
हेर्न पनि नसकिने
सम्झँदैमा कहाली लाग्दो
ओहो चुलिँदै फोहोरको मनास्लु
नाक मुख थुन्दाथुन्दै
एकाएक फुत्किन्छ हाछ्यु ।।
त्यस्तैमा,
झल्झलाउँदो बिम्ब टल्किदिन्छ ऐनामा
नाक थुनेको, कान बन्द गरेको
मुखमा माक्स, आँखामा चस्मा
सुन्दर/चिटिक्क
धोइपखाली आफूलाई
चोख्याइरहेको………..
एक विवश आधुनिक रोबट
कुचोले बर्ढार्न पनि नसकेको
हद निकम्मा फोहर
बेरोजगार मान्छे म ।।
हालः शंकरदेव कलेज, काठमाडौं ।




