गजल
-प्रकाश सापकोटा
छातिभित्र बेदनाको खिल गढेको छ
हृदयको कुना-कुना जम्मै डढेको छ
सयौं खिल्ली भरोसाका सिग्रेट पिलाएथ्यौ
नतीजा यो जिन्दगीमा धम्की बढेको छ
आशाहरु पोको पारी जब बाटो लाग्यौ
मतिरको निराशाले चुली चढेको छ
कस्तो थिएँ कस्तो भएँ उसैलाई सोध
छेवै आई जस्ले मेरो व्यथा पढेको छ
तिमीलाई त्यसै पनि गन्हाएको मान्छे
अहिले त मन-मुटु पनि सढेको छ





