डाडा खोला

-दिलिप योन्जन / अस्टिन, अमेरिका

डाडा खोला तर्दा पनि भेटिन देउराली

बस्यो माया केसारो याद आउँछ झल्-झली

बनै फुल्यो फुल

डबलीमा रुमाल साट्नु गरें मैले भूल !

ट्याम्के सेल्मे घमाइलो भो घामैको झुल्कोले

बन है पाखा न्याउली रुन्छ मनैको पिरले

पिखुवा सेरा बग्यो सल-ल रोकिन् कहिले

ढुख र पिडा पोख्न खोज्छु सुन्दैन कसैले !

ट्कसार माथी सल्लाको घारी के सारो सुस्साउँछ

कोमल आत्मा सक्दिन रोक्न मोती झैँ छल्किन्छ

परेवा साची सिद्काली भाकी तिमीलाई माग्दैछु

पल-पल हेर्छु तस्बिर तिम्रो त्यसैले बाँच्दैछु !

(मेरो जन्म थलो भोजपुर देउरालीको सम्झनामा)

तपाइँको प्रतिक्रिया