किताब बिमोचन छोडेर प्रचण्ड भैसीं पूजातिर ?

बाँची रहे अचम्म अचम्मका समाचार सुन्न पाइन्छ । जनयुद्द कालमा माओवादीले “धर्म अफिम हो” भन्दै मन्दिरहरु तोडफोड गरेका थिए । पूजारीहरु लखेट्थे । मन्दिरका जमिन कब्जा गर्थे ।  उनीहरु धर्मले मानिसलाई बिगार्छ भन्दै भरमार बिरोध गर्थे । जब माओवादी शान्तिवार्तामा आयो तब माओवादीकै नेता डा बाबुराम भट्टराईले आफ्ना ब्रिद्द बाबु आमालाई गोरखाबाट हात समाउँदै मन्दिर दर्शन गर्न ल्याए । उनले गोरखाबाट बाबु आमालाई कुरिनटार लगेर केबुलकार चढाउँदै मनकामना मन्दिरको दर्शन गर्न पुर्‍याएका थिए । अहिले आफ्नै पार्टीका एक नेताले लेखेको किताब बिमोचन गर्न आउँछु  भनेर बचन दिएपनि प्रचण्ड त्यता नगएर भैसीं पूजा गर्न हिँडेछन् ।

हिजोको जनआस्था साप्ताहिकका अनुसार माओवादी पार्टीकै क्षेत्रिय ब्युरो सदस्य डा ऋषीराज बरालले जन युद्दको पन्धौं वार्षीकोत्सवको उपलक्ष्यमा सत्ता र संस्क्रिति भन्ने पुस्तक लेखेका रहेछन् । त्यो पुस्तक बोमोचन गर्न प्रचण्ड राजी भएका रहेछन् । बिमोचन माघ २८ गते १२ बजेलाई रहेछ । १२ बज्न ५ मिनेट बाँकि हुँदासम्म फोन गरेर आउने जनकारी दिईएको रहेछ । तर एक बजेसम्मपनि प्रचण्ड आउने भनेर फूल माला लिएर स्वागतका लागि बसेकालाई प्रचण्ड ले बाटोबाटै मन बदलेर जिल्ल्याइदिएछन् । र लागेछन् पूर्वतिर ।

अनि उनले भोली पल्ट सुनसरीको चतरा पुगेर भैसीलाई पूजा गरेछन् । त्यो भैसीं किन पूजा किन गरेको ? ग्रह दशा बिग्रिएको थियो रे प्रचण्डको । भैसीं पूजा गरेपछि ग्रह दशा शान्त हुन्छन् भनेर रे । माओवादी शान्तिवार्तामा आएपछि पार्टी भित्रको सांस्क्रितिक बिचलनका बिरुद्द बरालले कलम चलाउँदै आएका छन् । त्यो पुस्तकमापनि पार्टी भित्रका त्यस्तै गलत पक्षको बिरोध गरेर लेखेकोले प्रचण्ड बिमोचनमा नगएका हुन् भन्ने उनीहरुको मूल्यांकन रहेछ । प्रचण्डले जिल्ल्याइदिएपछि पुस्तक माओवादीका केन्द्रिय सदस्य अनिल शर्मा र माओवादीकै जन कलाकार माईला लामाबाट बिमोचन गराएछन् । (नयाँ पत्रिका दैनिकको हो कार्टून)

तपाइँको प्रतिक्रिया