“अस्वभाविक”

श्याम बस्नेत / बंगलादेश

अस्वभाविक हुनु

स्वभाविक लाग्छ

तिमीलाई भेट्दा

तिमी नै भन,

तिमीलाई देख्दा

पिडा बिर्सन्छु

दिल खोलेर हाँस्छु

यो के हो ?

मलाई देखेर तिमी

लाजले रातो हुन्छौ

त्यो के हो ?

भो, म त

माया-पिरतीका

बिम्ब र प्रतिक

उपमा-सुपमा जान्दिन

मात्र तिमीलाई

सोध्न चाहन्छु

एउटा स्वभाविक

तर अस्वभाविक

एउटा अस्वभाविक

तर स्वभाविक

प्रश्न

“तिमी कस्तो छौ ?

स्वभाविक या अस्वभाविक ?”

तपाइँको प्रतिक्रिया