रहेछ नी त जनयुद्दकै तयारी
“क्यान्टोन्मेन्टका हतियार समेत उठाएर लड्न सकिन्छ”
मैले नोभेम्बर २९ मा “कहाँ टुंगिनु ? झन ठुलो जनयुद्दको तयारी” शिर्षकमा एउटा राजनितिक समाचार लेखेको थिएँ । शिर्षकले भनेझैं माओवादी जनयुद्द टुंगिएको छैन र अर्को झन ठुलो जनयुद्दको तयारि गरिँदै छ भन्ने थियो समाचारमा । त्यतिबेला नेपालको राजनितिबारे तातो भुत्लो ज्ञान नभएका, बुझ्ने ह्याउ नभएका र स्रोत र पहुँच समेत नभएका बिदेशमा डलर र यूरो कमाउँदै बसेका आफुलाई प्रचण्ड र बाबुराम भट्ट्टराई भन्दापनि अझ ठुलो नेता ठान्ने माओवादीका केहि ठेट्नाहरुलाई खुब झोंक चलेछ । सबै गोप्यता खोलिएर सबै भताभुंग हुन्छ कि झैं लागेछ कि कुन्नी ! बुझ्नु न सुझ्नुसित खुब बम्किए । तर हिजो त्यहि समाचारको पुष्टि गरिदिए माओवादीका एक वरिष्ठ नेताले नै । त्योपनि सार्वजनिक कार्यक्रममा गएर ।
अर्को जनयुद्द नहोस । फेरी काटमार नचलोस् । जनताको रगत नबगोस् । शान्तिपूर्ण रुपले नेताले गणतान्त्रिक संबिधान बनाउन् । सबै जात जाति, वर्ग, धर्म, समुदाय र भाषीहरुले अधिकार पाउन् । यहि हो मेरो कामना । तर पनि मलाई के कुरामा खुशि लाग्यो भने मैले साँढे दुई महिना अघि लेखेको समाचार अहिले माओवादी वरिष्ठ नेतालेनै पुष्ठि गरे ।
त्यो सार्वजनिक गर्नेपनि चानचुने नेता हुन् र ? सिपी गजुरेल । एकिक्रित नेकपा माओवादीका केन्द्रिय सचिव । हिजो मोरङको कटहरी पुगेका उनले हाकै भनिदिए-हामी कहाँ सत्ता छोड्छौं ? हामी त सत्ता बरु कब्जा गरेर लिने पक्षमा छौं । त्यसै छोडिन्छ सत्ता ?
उनले माओवादीले मुक्तिकालागि शुरु गरेको क्रान्ति पुरा नभएकाले आन्दोलन जारी राखेको र त्यो पुरा नहुन्जेल चुप लागेर नबस्ने बरु अझ उच्च खालको क्रान्ति गर्ने पक्षमा माओवादी रहेको पनि स्पष्ठ पारिदिएछन् । उनले त अझ के पनि भने, “संबिधान सभाबाट जनपक्षिय संबिधान बन्न नदिने षडयन्त्र भैराखेको छ । त्यस्तो अवस्था आएमा जनयुद्द छोड्ने होइन कि बरु क्यान्टोन्मेन्टका हतियार समेत उठाएर लड्न सकिन्छ”।
चार महिनाभित्रमा जनपक्षिय संबिधान नबने माओवादीले बिद्रोह गर्ने दाबी गरेका उनले माओवादीले अर्को युद्द गरेर भएपनि जनतालाई अधिकार सम्पन्न गराएरै छाड्ने बताए । जनताले पटक पटक तिरष्कार गरेकाबाट देश चलाउन नपाउने परिपाटी बसाल्न फेरी बिद्रोह आवश्यक रहेको उनको बुझाई रहेछ ।




