गजल

एस.एच. निरौला / शंखमूल, काठमाडौं

जिन्दगीमा कयौंचोटी हारेर म जिएको छु

हारे पनि यौटा बाजी मारेर म जिएको छु ।।

ज्योतिषीले भनेकाथे भाग्य छैन तेरो बाबु

नवग्रह मुठ्ठीभित्र पारेर म जिएको छु ।।

कर्मठता साथलिई सच्चरित्र हातलिई

भाग्यलाई परसारि एक्लै म जिएको छु ।।

सूर्योदय हुँदादेखी चन्द्रोदय हुँदासम्म

अविच्छन्न परिश्रम नारेर म जिएको छु ।।

सुख-दुःख कष्ट-पीडा एकै ठाउँ समेलेर

भुट्दा भुट्दै जीवनमा खारेर म जिएको छु ।।

 [email protected]

तपाइँको प्रतिक्रिया