माओवादीको समर्थन गर्दै स्विजरल्याण्डमा प्रदर्शन

आसिश / स्विजरल्याण्ड

स्विट्जरल्यान्डको डाबोस सहरमा भैरहेको बिश्व आर्थिक मंच  तथा साम्राज्यबादको बिरोध गर्दै हिजो स्विट्जरल्यान्डको प्रख्यात औधोगिक सहर बासलमा एक बिरोध प्रदर्सन गरियो । स्विस कम्युनिस्ट पार्टी, स्विस मजदुर संगठन, टर्किस कम्युनिस्ट पार्टी (माओबादी) तथा नेपालि ऐक्यबद्दता मंच (नेसोफ स्विस) स्विट्जरल्यान्ड लगायतका प्रगतिसिल संगठनहरुको आयोजनामा भएको थियो प्रदर्शन सो बिरोध । सनिबार दिउसो १३.३० बजे बार्फुसरप्लाट्जबाट सुरु भएको बिरोध र्‍याली सहरका विभिन्न क्षेत्रहरुको परिक्रिमा गरि पेटरप्लाट्ज (बासल विश्वबिद्यालय अगाडी) गएर बिसर्जन भयो । प्रदर्शनका केहि तस्बिर र बाँकि समाचार भित्र गएर हेर्नुस———

अमेरीकी र युरोपिय साम्राज्यवाद र पूजिवादको होडबाजीको बीचमा विश्वका कयौं सर्वहारा किसान र गरिब जनताको हकअधिकार लाई कुण्ठित गर्ने तथा संधै तल्लो दर्जामा राखेर हेरिने र त्यही अनुसार व्यवहार गरिनुले पनि डाभोसमा भइरहेको उक्त सम्मेलनको विरोध तथा भण्डाफोर गरिएको आयोजक को तर्फबाट जानकारी गराइएको थियो । सो अबसरमा बोल्ने बिभिन्न संघ सस्थाका प्रतिनिधिहरुले यसलाई तुरुन्त बन्द गरिनु पर्ने कुरामा जोड दिए ।  संसारका मजदुरहरु एक हौं, माओवादीको समर्थनमा एकिकृत नेपाल कम्युनिस्ट पार्टी (माओबादी) लेखिएको ब्यानर बोकेर नेपालि एक्यबद्दता मंच (नेसोफ स्विस) स्विट्जरल्यान्डको टोलि बिरोध प्रदर्सन मा सहभागी भएको थियो ।

अमेरीकी र युरोपिय साम्राज्यवाद र पूजिवादको होडबाजीको बीचमा विश्वका कयौं सर्वहारा किसान र गरिब जनताको हकअधिकार लाई कुण्ठित गर्ने तथा संधै तल्लो दर्जामा राखेर हेरिने र त्यही अनुसार व्यवहार गरिनुले पनि डाभोसमा भइरहेको उक्त सम्मेलनको विरोध तथा भण्डाफोर गरिएको आयोजक को तर्फबाट जानकारी गराइएको थियो । सो अबसरमा बोल्ने बिभिन्न संघ सस्थाका प्रतिनिधिहरुले यसलाई तुरुन्त बन्द गरिनु पर्ने कुरामा जोड दिए ।  संसार का मजदुर हरु एक हौं, माओवादीको समर्थनमा एकिकृत नेपाल कम्युनिस्ट पार्टी (माओबादी) लेखिएको ब्यानर बोकेर नेपालि एक्यबद्दता मंच (नेसोफ स्विस) स्विट्जरल्यान्डको टोलि बिरोध प्रदर्सन मा सहभागी भएको थियो ।

तपाइँको प्रतिक्रिया