माया नि गाँसौंला

-दिलिप योन्जन / अमेरिका

माया नि गाँसौंला, प्रिती नि साटौंला

जे दुख परेनी, हाँसी खुँसी बाँडौंला

मर्नु परे हामी, हाँसी हाँसी मरौंला

फुलै फुल्को बगैंचामा, धेरै रुप देखें

मुटुमा सजाईदिने, तिमी एउटै भेटें

बाचा नि गरुँला, कसम नि खाउँला

मर्नु परे हामी, हाँसी हाँसी मरौंला

हिँड्दा हिँड्दै यो जुनीमा, धेरै पुगे माथी

जिउने मर्ने जिन्दगीमा, तिमी पाएँ साथी

हाँसी खुँसी बाँचौंला, अमर प्रित गाँसौंला

मर्नु परे हामी, हाँसी हाँसी मरौंला

तपाइँको प्रतिक्रिया