के छन् अबका माओवादी योजना ? के गर्दै छन् यूरोपमा माओवादी ?

[माओवादी समर्थकले कार्यक्रमको प्रचार प्रसार गर्न फ्रान्सेली भाषामा निकालेको पर्चा]

साँच्चै संबिधान बनाउने भनिएको बेला माओवादी राष्ट्रिय अखण्डताको रक्षा भन्दै आन्दोलनमा होमिएका छन् । संबिधान बनाउने कामलाई भन्दा राष्ट्रियताको रक्षा भन्दै आन्दोलनलाई प्राथमिकता दिएको देखिन्छ । साँच्चै गर्न खोजेको के हो माओवादीले ? के संबिधान बनाउने काम गौण र राष्ट्रियताको आन्दोलन प्रमुख हो माओवादीका लागि ? राष्ट्रियताको आन्दोलनका नाममा कतै माओवादीले शान्ति सम्झौता भंग गरेर फेरि जनयुद्द शुरु गर्न खोजेका त होइनन् ?  अनि यूरोपका बिभिन्न शहरमा पनि त छरिएका छन् नी माओवादी । ति के गर्दै छन् ?अबको माओवादी योजना के होला ? माओवादीको मूल्यांकनमा अब देश कता जाला ? यि सबै कौतुहलता मेट्ने मन छ भने अवसर जुटेको छ ।

केहि फ्रान्सेली वामपन्थीहरुको सहयोग र समर्थनमा यहि फर्वरी ६ र ७ का दिन माओवादीले छलफल र बहस कार्यक्रम राखेका छन् पेरिसमा । त्यहाँ केहि स्थानिय तहका माओवादीसित आफुलाई लागेका जिज्ञासा मेटाउन सकिन्छ । अनि यहि कार्यक्रमकोलागि बेल्जियमबाट पनि केहि माओवादी नेता आउँदै छन् भन्ने सुनिएको छ । तर माओवादी समर्थकले यहि कार्यक्रम प्रचारप्रसार गर्न निकालेको पोष्टरमा भने कुन स्तरका नेता कहाँबाट आउने हुन् भन्ने उल्लेख छैन । मात्र कार्यक्रमको मूल उद्देश्य र कार्यक्रम हुने स्थान दिईएको छ ।

यो कार्यक्रमलाई उनीहरुले किनपनि महत्व दिएका छन् भने यो कार्यक्रम दुई दिन गर्दै रहेछन् पेरिसमा । शनीवार ६ फर्वरी र भोली पल्ट ७ फर्वरीमापनि । माओवादीको वर्तमान दिशा, देशको अहिलेको अवस्था, संबिधान निर्माण, माओवादीले भन्दै आएको राष्ट्रिय अखण्डताको रक्षा, सेना संयोजन, भर्खरै भएको भारतीय सेनापतीको नेपाल भ्रमण किन र केका लागि ? सायद माओवादीले यि सबै पश्नको जवाफ दिने छन् । कार्यक्रम कहिले र कहाँ हुने तल हेर्नुस–

मिती- १४ फर्वरी २०१०
समय- दिउँसो २ बजे
ठेगाना- CCDM 16 Rues des Petits écuries

75010 PARIS

मेट्रो- Strasbourg-Saint Denis

आयोजक- comité de solidarité François Népalais

फर्वरी ०७ को कार्यक्रम

समय- दिउँसो २ बजे

ठेगाना-ACOTF 25 Rue Oberkampf

75011, PARIS

MULHOUSE

तपाइँको प्रतिक्रिया