-विद्या सापकोटा

It's Me Bidhya[1]

रंगमञ्चमा उभिएको

म एक आकर्षक/आशालाग्दो पात्र

सामुन्ने हजारौं आँखाहरु

शानदार अभिनयको प्रतिक्षामा ।।

 

यहाँ,

मैले सत्यता पस्कनुपर्नेछ

 यथार्थता ओकल्नुपर्नेछ

 युगौंदेखि वाँधिएकां हामी

 जन्जीरहरु लुछ्दै चुँडाल्नुपर्ने छ

 मैले स्वतन्त्र र सबल अभिनय गर्नुपर्नेछ ।।

 

 मेरा जोशिला आवाजहरु

 अरुका प्रेरणा बन्नुपर्नेछ

मेरो शालीन व्यक्तित्वबाट र्

दर्शकहरु मदहोश हुनुपर्नेछ

आफ्नो प्रस्तुतीले युग चिनाउनुछ

खोज्नुछ हराएको आफ्नो चिनारी,

फेरी पनि मान्छे जन्माउनु छ ।।

 

तर ……..तर

कत्रो अपशोच, म आफैं बेनाम छु

श्वास त लिँदैछु,

तर भतभती पोलको छ मुटु, निश्वाश-निश्वासमा

बोल्दैछु म, हो म बोलिरहेकै छु,

तर धुरुधुरु रुँदैछ बोलि, शब्द-शब्दमा ।।

 

मैले यहाँ,

विवशताका आशु हैन, आगो ओकल्नुपर्ने हो

बन्द ओठहरुमा, हुँकार खुलाउनु पर्ने हो

तर

म आफैं कत्ति बेलादेखि टम्म बाँधिएछु

युग फुलाउने अभिलाषा,

वीउ मै मिसिएछन् विषादीहरु…………

कति दर्दनाक यी भोगाइ /यी पीडा

न उठ्न सक्छु, न बस्न,

विद्यालयमा बनाइने कुखुरे जीवन जस्तै ।।

 हो, म यो युगको चर्चित अभिनेता

हेर कति निर्रथक मेरो अभिनय

आफ्नै परिचय गुमेको अभिनय…….

 

एउटा जीउनुको अभिनय

मूर्दा शान्तिजन्य अभिनय

छि ! कति लाचार मेरो ‘बाँच्ने अभिनय’ ।।

हालः शंकरदेव कलेज, काठमाडौं

[email protected]

तपाइँको प्रतिक्रिया