सौताको छोरो

-नेपोलियन मरहट्टा

nepolian-marahatta-chitwan11

दु:ख गर्दो रैछ सौताको छोरो

भोकै पर्दो रैछ सौताको छोरो

घरका जाहान अघाए पछी 

पेट भर्दो रैछ सौताको छोरो

सामुन्ने पर्नेले आँखा तरी हेर्दा 

ठाउँ सर्दो रैछ सौताको छोरो

भाईबैनी गाउँ स्कुल् जाने बेला 

बेंसी झर्दो रैछ सौताको छोरो

लखेट्छन् उस्लाई सपनामा पनि

खोला तर्दो रैछ सौताको छोरो

अरु त सबै एकपल्ट मर्छन्

 सधैं मर्दो रैछ सौताको छोरो

[email protected]

तपाइँको प्रतिक्रिया