अझै आफु चेतीएन

-थापा राजबरसिं / क्यानाडा

बाटो यौटै हिँडिएथ्यो गन्तब्य त भेटिएन

घाँटीसम्म भरिएछ तिर्सना त मेटीएन

संझेको त होइन तिमीलाई बिर्सिएको पनि छैन

मर्छु भन्छु ठोक्छु टाउको तर घाँटी रेटीएन

औंसीको रातमा पनि धिप धीपौनी जुनकिरी

अँधेरीको रातलाई पनि टल्काईदिने जताततै

हिँड्छु भन्थें सधैंभरि कहाँ छुट्यो थाहै छैन

खोज्दै छु डुल्दै छु कुन हो बाटो भेटिएन

 

आफ्नै मनको भर छैन अरु कसको के भर र

खहरेमा बग्नेपनि फर्के को त कहाँ छ र

अझै आशा मनमै छ मरेको त कहाँ हो र

हण्डर सास्ती धेरै खाएँ अझै आफु चेतीएन

तपाइँको प्रतिक्रिया