उसको कथा

श्याम बस्नेत / बंगलादेश 

shyam-Basnet-Bangaladesh-02320

अलिकती समयको पाबन्दिले

अलिकती साहुको ऋणको नाकाबन्दिले

अलिकती बिश्व बजारको आर्थिक मन्दिले

यस्पाली घर नफर्केको खसम लाई

सम्झँदै, आँशु झार्दै छे

घरकी चौबन्दीले ।

 

त्यो सँग अरु गुनासाहरु थिएनन्

त्यो सँग अरु अभिलाषाहरु थिएनन्

त्यो नक्कल पार्न जान्दिन

त्यो निस्वार्थ, मौलिक प्रेम गर्छे

त्यो उसकै बाटो हेर्छे ।

 

थाहा छैन उ कहिले आउँछ ?

उस्ले कहिले बिदा पाउँछ ?

थाहा छैन उसले बिदा पाउँछ कि पाउँदैन ?

थाहछैन उ आउँछ कि आउँदैन ?

तर उ उसकै बाटो हेर्छे

उ हेर उसलाई

कसरी मैन जस्त्तै पग्लदैछे ।

 

उ आएन वा आउन चाहेन

वा उ आउन पाएन

वा उसको भौतिक शरीरले……..

म भन्न सक्दिन, मलाई थाहा भएन

तर आजभोलि उ सेतो सारी लाउँछे

तैपनी उ, बाटो तिरै हेर्छे…..हेरिरहन्छे…..

(बस्नेत बंगलादेशको यु एस टि सीमा एम बि बि एस चौथो वर्ष गर्दै छन्)

तपाइँको प्रतिक्रिया