प्रचण्ड र ज्ञानेन्द्र दुबैप्रति भारतीय नेता किन रुष्ट ?
यति खेर न प्रचण्डको पार्टी सरकारमा छ न त ज्ञानेन्द्रको राजगद्दीनै बाँकि छ । ज्ञानेन्द्रले यता सिंगै राजतन्त्र सिध्याए । उता प्रचण्डले सेनापती प्रकरणमा बल्ल बल्ल सरकारमा पुगेको पनि गुमाउनुपर्यो । छिमेकी भारतले राजतन्त्रलाई काँधमा बोक्नुसम्म बोक्यो । टिकाउनुसम्म टिकायो । अनि उता माओवादीलाई पनि अनेक तरिकाले वार्तामा सहभागि गरायो । संसदिय दल र माओवादीबिच भारतमै संझौता गरियो । भारतले त्यसमा सिधा भूमिका खेलेको त माओवादीलेनै सार्वजनिक गरेका हुन् । तर अहिले आएर यता माओवादीले भारतीय पक्षसित वार्ता गर्न खोजेको छ र उता ज्ञनेन्द्र भारत गएका बेला भारतीय नेतासित भेट्न खोजेका थिए । तर प्रचण्ड र ज्ञानेन्द्र दुबैलाई भारतीय पक्षले भेट्न खोजेका छैनन्। किन होला ? के यि दुबै प्रति भारतीय नेता रुष्ट भएका हुन् ?
भारतको उडीसा राज्यमा रहेकि आफ्नी फूपुकि छोरीको बिहेमा भाग लिन गएका ज्ञानेन्द्र त्यसैमा मात्रै के सिमित हुन्थे ? आफ्नो राज्य फर्काउन त जसलेपनि कोसिस गरिहाल्छ । अनि त्यहि माथि उनलाई थाह छ-भारतको सहयोग नभएको त्यति सजिलै उनको राज्य गुम्ने थिएन । अनि फेरि भारतलाई मनाउन सके केहि हुन्छ कि भनेर सोचे उनले । अनि भारतीय अर्थ मन्त्री, बिदेश मन्त्री, प्रधान मन्त्री, कांग्रेस आ ईकी अध्यक्ष सोनीया गान्धी लगायतका नेतालाई भेट्न खोजेका रहेछन् । तर यो अवस्थामा ज्ञानेन्द्रसित भेट्नुको औचित्य नभएको भन्दै टारिदिएछन् ।
उता प्रचण्डको पनि कहानी उस्तै उस्तै छ । प्रधानमन्त्री बन्नासाथ पहिलो पटक चिन भ्रमण गरेका प्रचण्डले भारत भ्रमण गर्ने बताएका थिए । भारत रिसाएको बुझेपछि राजनितिक भ्रमण बाटै गर्ने भनेर चिन भ्रमणको बचाउ गरेका थिए । उनले त्यसपछि पटक पटक भारत भ्रमणको लागि ताकेता गरेका पनि रहेछन् ।
हिजोको जनआस्था साप्ताहिकका अनुसार प्रचण्डले भारतीय राजदूत राकेश सुद मार्फत भारत भ्रमणकालागि पटक पटक आग्रह गरेपनि भारतीय नेताहरुले सुनेको नसुन्यै गरेका रहेछन् ।
भारतीय गुप्तचर संस्थाका नेपाल प्रतिनिधी अ मरेश कुमार सिं को डेरामै गएर पनि प्रचण्डले भारतसित संबन्ध सुधारका लागि आग्रह गरेका रहेछन् । त्यसपछि सिंगापुरमा उपचार गर्न पुगेका गिरिजा प्रसाद कोइरालालाई भेट्न पुग्दापनि त्यहिँ रहेका भारतीय कूटनितिज्ञ एस डी मुनीसित भेटेका थिए । तर खोइ जति प्रयास गर्दापनि उनले भारतको निम्तो पाउअन् सकेका छैनन् । त्यहि भएर हो कि प्रचण्डले अहिले नेपालको नागरिक सर्बोच्चता भारत पुगेकाले अब सिधै भारतसित वार्त गर्ने बताउन थालेका छन्। त्यसको लागि सडकबाटै वार्ता गर्नेपनि उनले बताएका छन् ।
तर बुझ्न नसकिएको कुरो के भने किन यि दुबै नेतासित भारतीय नेता रुष्ट भए ? प्रचण्ड र ज्ञानेन्द्रलाई भन्दा अहिलेको सरकारलाई अझ सजिलो सित खेलाएर आफ्नो हितमा पार्न सकिन्छ भनेर हो ? कि ज्ञानेन्द्र र प्रचण्डबाट भारतलाई बढि खतरा देखेर हो ? माओवादी सरकार आएमा भारतमा त्यसको प्रभाव बढि पर्छ भन्ने होला । त्यो त बुझिने कुरो भयो । अर्को कुरो भारतलाई बेला बखतमा बढि नै गालि गर्ने र भारतलाई हेर्ने द्रिष्टिकोणमा माओवादी अरु दलभन्दा अलि कडा भएरै पो हो कि ? तर सबै गुमेर बसेका ज्ञानेन्द्रसित चाहिँ किन रुष्ट भए होलान् भारतीय नेता ?




