नेता बहुलाए के गर्ने ???

-नेपोलियन मरहट्टा

nepolian-marahatta-chitwan11

पोहोर साल एकाबिहानै

एकोहोरो शंख फुके झैं,

कुकुर रोयो गाउँमा ।

र्‍याल  चुहाएको थियो मुखबाट

घरी यता दौडन्छ, घरी उता दौडन्छ ।

कसैले कुकुर बहुलायो भने

मार्नुपर्छ भने,

झुण्ड्याउनु पर्छ पनि भने ।

धेरै बेर खेदे मान्छेहरुले,

आखिर घेरामा पर्यो कुकुर ।

झुन्ड्याए मान्छेहरुले ।

ढुङ्गाले हाने, भालाले हाने । 

मरेपछी पनि छोडेनन्,

मट्याङ्राले आँखा फुटाईदिए । 

तर

दुई खुट्टे मानब अधिकारबादीले

चार खुट्टेलाई देख्दै देखेन, वास्तै गरेन ।

ठीक यसपाली पनि त्यस्तै भयो,

कालापत्थरमा ।

एकाबिहानै एकोहोरो शंख फुके झैं,

राष्ट्र र जनतालाई झुठो आश्वाशन दिँदै

“जलबायु परिवर्तनको” निंहु पारेर

राष्ट्रिय ढुकुटीमा र्‍याल चुहाए नेताहरुले ।

हेलिकप्टर र सवारी साधनमा

घरी यता दौडीए,घरी उता दौडीए ।

चारैतिरबाट जनताले खेदेका छन्

ब्वाँसाहरुलाई  ।

धेरै देश भक्तहरुले नेता बहुलाए भनिरहेका छन् ।  

पोहोर साल बहुलाएको

कुकुरको लक्षण र

अहिलेका नेताको लक्षण एउटै छ,

 केही फरक देखिंदैन ।

 ए…….

 मानब अधिकारबादीहरु हो

 कुकुर बहुलाए त..

 भालाले हान्ने ।

 आँखा फुटाउने ।

 झुण्ड्याएर मार्ने ।

 तर

 नेता बहुलाए के गर्ने  ???

 [email protected]

तपाइँको प्रतिक्रिया