कस्तो होला त आज ज्ञानेन्द्रको पत्रकार सम्मेलन?

गणतन्त्र घोषणासगै नागरिक बनेका ज्ञानेन्द्रले आज पत्रकार सम्मेलनगर्दै छन। पत्रकारिता देखि उनको मोह र बित्रिष्णा पहिलेदेखिनै गज्जबकै हो। शाह वम्शिय इतिहासमै उनी पत्रकारिता प्रेमी (वा लोभी?) भनेर चिनिन्छन। आफ्नो तानाशाही ब्यवस्था टिकाउन उनले कम्ति गरेका होइनन पत्रकार सम्मेलन । त्यो पनि नारायणहिटी भित्रै। तर केहि सिप लागेन। आज उनले नारायणहिटी छोड्नुपूर्व साझ ५ बजे पत्रकार सम्मेलन आव्हान गरेका छन। राष्ट्रिय र अन्तर्राष्ट्रिय दुबै सञ्चार माध्यमहरुलाई सकेसम्म धेरै भिड गराउन खोजिएको छ। अनि दरबार छोड्नु अघिको पिडा देखाउन र गतिलो छु भनेर दाबी गर्न होला उनले बिद्दुतिय सञ्चार माध्यमहरुलाई सकभर “लाइभ सो” गर्न आग्रह गरेका रहेछन। बिचरा के गरुन आग्रह नगरेर? आफ्नो हैकम चलेको बेला भए डण्डा देखाउने थिए होला नगरि हुन्न भनेर। बरु आजको पत्रकार सम्मेलनमा आफ्ना भनाई मात्रै राख्ने तर प्रशन प्रश्न सोध्न भने नदिइने भनिएको छ। सन्कि ज्ञानेन्द्र हुन, पत्रकार अगाडि देखेपछि अघि तम्सनपनि बेर छैन छन त।

तपाइँको प्रतिक्रिया