नराम्रो त केही हुन्न

महेशचन्द देवकोटा / लक्ष्मीनगर, बुटवल

 नराम्रो त आँखा हुन्न हेर्राईले भ्रम पार्छ ।

 कलुषित दृष्टिगोचर दृष्टिभ्रमले तल झार्छ ।।

 

 नराम्रो त ओठहरु हुन्न बरु बोली कस्तो ।

 हलुका र गह्रौं के हो नजिक र टाढा र्सार्छ ।।

 

 नराम्रो त कान होईन सुनाईले फरक पार्ने ।

 बोलेको बोल भर गर्छ सुन्नेलाई असर पार्छ ।।

 

 नराम्रो त हात होईन यस्को कर्म थरीथरी ।

 सुम्सुम्याउने, थप्पड दिने भोग्नेलाई मर्म पार्छ ।।

 

 नराम्रो त गोडा होईन यस्को चालमा जीवन अड्ने ।

 सजाय र मायाँ के हो जीन्दगानी पर र्सछ ।।

 

 नराम्रो त मन छैन मनभित्रको खेल कस्तो ।

 स्वच्छ, दोमन, दरिद्रता जीवन वर पर र्सछ ।।

 

 नराम्रो त के छ भन्नु स्वच्छ मनमा सबै राम्रो ।

 बांगिएको अवयवले जीन्दगीनै विनाश पार्छ ।।

तपाइँको प्रतिक्रिया