तेस्रो ग्रीष्मकालीन नेपाल महोत्सव सम्पन्न

nepal-france-paris-french-girls-nepalplus.jpg -ददिराम सापकोटा, पेरिसफ्रान्सको राजधानी पेरिसमा आयोजित तेस्रो ग्रीष्मकालीन महोत्सव जेठ २८ गते सम्पन्न भयो । दुई दिनसम्म चलेको उक्त महोत्सवमा झन्डै पाँच हजार नेपाली तथा विदेशीहरूले भाग लिएका थिए। महोत्सवमा सहभागी नेपाली नृत्याङ्गनाहरूमा ज्योति अर्याल , सुभद्रा , सुरेश लामा र मञ्जुश्री तथा फ्रान्सेलीमा मारी, कोरेली र क्यामिई थिए। फ्रान्सेली भाषाको नाटक सुर्वण क्षेत्रीको समूहले प्रस्तुत गरेको थियो। यसैगरी कुमारीजात्रा पनि देखाइयो । समारोहस्थलमा मःम, पकौडा, दाल, भात, सेल रोटी, लड्डू आदि परिकारहरू पनि प्रस्तुत गरिएको थियो। नेपाली गृह निर्माण समितिका अध्यक्ष हेमन्त उपाध्यायले भने  फ्रान्सेलीहरूलाई साँच्ची नै सेकुवाको स्वाद गजब मीठो लाग्ने गर्छ ।

विभिन्न स्टल राखेर नेपाली हस्तकलाका सामग्रीहरूको बिक्री गरिएको उक्त महोत्सवमा नेपाली नृत्य र फ्रान्सेली भाषाको नाटक देखाइएको थियो। तीन फ्रान्सेली युवतीहरूले देखाएको रेशम फिरीरी गीतको नृत्य सर्वाधिक लोकपि्रय बन्यो। मारी, क्यामिई र कोरेली तीन फ्रान्सेली चेलीहरू फ्रान्समा फ्रान्सेली शिक्षिका मञ्जुश्रीसँग नेपाली नृत्यहरू सिकिरहेका छन्।

समापन समारोहमा नेपालको जनआन्दोलन-२ को डकुमेन्ट्री देखाइएको थियो। यो महोत्सव पेरिसमा रहेको ब्वा द भाँसेनको ठूलो बगैँचामा गरिएको थियो , जहाँ मङ्गोलियन अनुहारको बुद्धको विशाल मूर्ति छ। नेपाली गृह निर्माण समितिद्वारा आयोजित सो महोत्सव फ्रान्समा बन्न लागेको नेपाली गृहका लागि रकम जुटाउने र नेपाली धर्म-संस्कृतिको प्रचार गर्ने उद्देश्यले आयोजना गरिएको थियो।

साभार: नेपाल साप्ताहिक, आईतवार, आषाढ ४, २०६३ (जून १८, २०६०)

तपाइँको प्रतिक्रिया