गजल

-नेपोलियन मरहट्टा

nepolian-marahatta-chitwan11

को छ र ? दु:ख पर्दा यहाँ

देख्दैनन् आँसु झर्दा यहाँ ।
 

साँघुरो मन् हुनेहरु नै

हाँस्छन् बसॉई सर्दा यहाँ ।
 

बिचरा ! कठ्ठै ! क्यै भन्दैनन्

पिडाको सागर्‌ तर्दा यहाँ ।
 

फेरी धोका पाएँ नभन्नु

यस्तै हो बिश्वास गर्दा यहाँ ।
 

भै’गो पर्दैन तिम्रो साथ

एक्लै हो भोली मर्दा यहाँ ।

तपाइँको प्रतिक्रिया