गजल
-नेपोलियन मरहट्टा
म त यसै नै हारेको प्रेमी
तिमीले माया मारेको प्रेमी
°°°°°°°°°°°°°°°°°°°°°°°
धेरै पैले घरको दु:खले
सात समुन्द्र तारेको प्रेमी
°°°°°°°°°°°°°°°°°°°°°°°
म सँग तिमी सँगै भए’नि
तिम्ले म एक्लो पारेको प्रेमी
°°°°°°°°°°°°°°°°°°°°°°°
न फुल्न सक्छ न फक्रिन नै
खडेरी पर्दा सारेको प्रेमी
°°°°°°°°°°°°°°°°°°°°°°°
बर्षौं पछी आज फर्किंदै छ
त्यो तिम्ले नून बारेको प्रेमी ।





