गजल

-नेपोलियन मरहट्टा

nepolian-marahatta-chitwan11

करोडौंमा एक छानेर आउँछु

तिम्लाई नै आफ्नो ठानेर आउँछु । 

 

अब तिम्रो बचन् काट्दिन कहिल्यै

हर बाचाहरु मानेर आउँछु ।
 

हाम्रो प्रेम भित्र ‘धोका’ शब्द हुन्न

यही मन्को सत्य जानेर आउँछु ।
 

नभेटी तिम्लाई कहाँ मर्छु र म ?

जसरी’नी प्राण धानेर आउँछु ।
 

न चुक्छु न झुक्छु, हेर यसपाली

निशानामै बाण हानेर आउँछु ।

तपाइँको प्रतिक्रिया