गजल
-इन्द्र पुन (इन्द्रेणी)/रुकुम
साथी सोध्छ घर कहाँ कसले के गरेको देशमा ?
मैले भन्छु बुद्दले हिँजो शान्ती छरेको देशमा ।।
सुस्ता टिष्टा काली सम्झी रुन्छौं हामी आज पनि,
मै हुँ जेठो छोरो भनी आमालाई नै हरेको देशमा।
मिल्नु पर्थ्यो सबै परीवार घरको ईज्जत राख्नलाई,
खुसी दिन्छु आमा भनी दाई भाई लरेको देशमा ।
चल्दैछ हुरी जोडले अझ समाली राख्ने छोरा छैन्न्,
छुट्टिने होकी बुद्द संग सगरमाथा डरेको देशमा।
सम्झाए उनी पुस्तौं पुस्ता तर अझ कोही सुन्दैन,
रिसाएर हामी संग आज बुद्द अन्तै सरेको देशमा ।
निरास हुँदै भन्छ साथी ब्युँझनु पर्यो निद्रा बाट,
समय अझै घर्केको छैन सूर्य ग्रहण परेको देशमा ।





