बेल्जियमको नेपाली दुतावासपनि आन्दोलनकारीको घेराउमा
-दधिराज घिमिरे/ब्रसेल्स (बेल्जियम)
नागरीक सर्वोचता र राष्ट्रपतीका असंबैधानिक कदमको बिरोधमा नेपाली जनताले चलाएको आन्दोनलाई ऐक्यबद्दता स्वरुप बेल्जियम स्थीत नेपाली दुतावास (दोस्रो तस्बिर) घेराउ कार्यक्रम भब्यताका साथ संपन्न भएको छ ।
संयूक्त राष्ट्रीय जनआन्दोन नेपालले आयोजना गरेको कार्यक्रमलाई सहयोग पुग्ने गरी बेल्जियम स्थीत प्रगतीशिल संगठनहरुको आब्हानमा भएको सो कार्यक्रममा यो दुतावास घेर्दा ठूलो जनसहभागीता रहेको थियो ।
राष्ट्रपतीका असंबैधानिक कदम र नागरीक सर्वोचताको बिरोधमा लेखीएका पोष्टर, तुल र प्लेकार्ड बोकेका प्रदर्शनकारीहरुले राष्ट्रपतीका असंबैधानिक कदम खारेजी र नागरीक सर्वोचताका मागका साथै राष्ट्रयता र बिदेशी हस्तक्षपका बिरुद्धमा नाराहरु घन्काएका थिए ।
कार्यक्रममा बोल्ने क्रममा नेपाली लोकतान्त्रिक गणतन्त्रिक मोर्चा, बेल्जयमका महासचिव चित्र सुबेदीले बर्तमान सरकार बिदेशीको इसारामा नेपाली जनतामाथि अन्याय अत्यचार थोपार्ने कसरत गरेकोले हामी प्रवाशी नेपालीहरुले हिजोका दीनमा जस्तै फेरी एक पटक लड्नु पर्ने दीन आएको बताउनुभयो । मन्तब्यकै क्रममा नेपाली प्रगतीशिल महीला मचं, बेल्जियमकी अध्यक्ष कल्पना मगरले भन्नु भयो-यदी यो सरकार जनताको आन्दोलन गर्न पाउने अधिकार बिरुद्ध दमन गरेमा हामी एक दीन नभएर निरन्तर संघर्ष गर्नकालागी तयार छौं।
त्यस्तै नेपाली जनजाती सरोकार मचं, बेल्जियमका महासचिव सोमनारयण थनेतले जनताले लात हानेर फालिएकाहरुले देशमा शासन गर्दा संसार भरीनै नेपालको बेइज्जत उल्लेख गर्नुभयो । बोल्ने क्रममा तमु राष्ट्रीय मुक्ति मोर्चाका सदस्य होम गरुङ्गले जातिय स्वयसत्ताको अधिकारकोलागी नेपालमा नेकपा एकीकृत माओबादीले मात्र लडेकोले अहिलेको आन्दोलन पनी कतै न कतै जातिय मुक्तिको प्रश्न संग गासीएकोले आन्दोलनमा लाग्नु पर्ने बताउनु भयो । सो कार्यक्रममा बोल्ने क्रममा मगर राष्ट्रीय मुक्ति मोर्चा यूरोप प्रतिनिधी बिरमान र्घर्ती मगरले नेपाली धर्तिमा उठेको न्यायपूर्ण आन्दोलनमा प्रवाशमा रहेरपनि आन्दोलीत हुनुपर्ने कुरामा जोड दिनु भयो ।
यस्तै कार्यक्रमका आयोजकहरुले मन्तब्य राख्ने क्रममा नेपाली जनप्रगतीशिल मचं, बेल्जियमका सल्लाहाकार सुरेन्द्र भुसालले एकीकृत नेकपा माओबादीको बिचारले नेपालका र्सवाहारा बर्गको मुक्ति मात्र नभएर संसारका र्सबहारको मुक्ति गर्ने बताउनु भयो । सोही मचंका अध्यक्ष बिष्णु भुजेलले अहिले चलेको आन्दोलन बर्तमान कठपुतली सरकारका बिरुद्ध मात्र नभएर बिस्तारबाद र साम्राज्यबादको बिरुद्ध पनि हो भन्नु भयो । साथै वाहाले दोश्रो चरणको आन्दोलनमा पनि कुनै सुनुवाई नभए तेश्रो चरणको कार्यक्रम संयूक्त राष्ट्रीय जनआन्दोन नेपालले निर्दीष्ट गरे अनुरुप यहां पनि अझ ससक्त र जुझारु आन्दोनको घोषणा गर्ने छौं र त्यस आन्दोलनकोलागी हामी प्रवाशी नेपालीहरु तयार रहन पनि भन्नु भयो ।
कार्यक्रम अबधिभर दुतावासका कर्मचारीहरु बाहीर निस्केका थिएनन भने कार्यलयमा पनि कोही प्रवेश गरेका थिएनन् । कार्यलयका कर्मचारी तथा राजदतु घरी घरी पर्दाको बिचवाट बाहीर चियाएका थिए ।
कार्यक्रम समय भर गगनभेदी नाराले घन्कीएको सो बिरोध कार्यक्रमलाई नेपाली जनप्रगतीशिल मचं, बेल्जियमका महासचिव दधिराज घिमिरेले संचालन गर्नु भएको थियो ।
(तस्बिरहरु सबै सोमनारायण थारु (थनेत) मार्फत आएका हुन् । उहाँलाई धेरै धन्याबाद-नेपालप्लस) ।




