नारी बेदना

-मिना बान्तवा

 Mina-bantawa-nepal-0221

पृथ्बी पुरा चल्ने गर्छ नारी कोख र काखमा

 नारी जिवन अभिशाप हैन न त हो श्राप नै,

 उस्का एउटा गल्ती सिनेमा झैं देखाइन्छन,

 न त ऊ भुलमा पर्नु उस्को त्यो महा पाप नै ।।

 

 हजार गल्ती पुरुषको लुकाएर लुक्न सक्छ,

 नारीको एउटा गल्ती तैरिएर छल्किन्छ छाल झैं

 खुशी सुख यहाँ सबै अरुलाई नै लुटाएर

 नारी त्यो डुबीरहन्छे सधैं सधैं आँशुको ताल मै ।।

 

 जति गुञ्जिएपनि नारी बेदनाका क्रन्दनहरु यहाँ

 कानमा तेल हाली आँखामा कालो चस्मा लाउँछ दुनियाँ

 त्यसैले यहाँ हरेक क्षणहरु नारीका लागी बिषाक्त छन

 जे गरे पनि आखिरमा त्यहि नारी नै रहन्छिन शुन्य ।।

 

 नारी, हामी पनि एउटा रथको पाङ्ग्रा हौँ नी,

 बोल्न सक्छौं हामी पनि चलाएर ज्वारभाटा,

 कति पर्खिन्छौ, हामी सधै पिर अनि दुखको भकारी,

 छातीभरि पिर बोकी, आफ्नै जिवन पारी घाटा ।।

तपाइँको प्रतिक्रिया