बल्ल झ्याँको झारे प्रधानमन्त्रीले सुजाताको

sujata_KOIRALA_20090908[1]जनताबाट निर्वाचनमा गल्हत्याइएपनि बाउ नेपाली कांग्रेसका सभापती । बाउकै शक्तीका भरले परराष्ट्र मन्त्री बनेकी सुजाता कसैलाई गन्दै नगन्ने । झन उपप्रधानमन्त्री बनेपछि त के टेर्ने ? उनले हत्तपत्त प्रधानमन्त्री माधवकुमार नेपाललाईपनि गन्थिनन । गन्नु पनि किन ? जे गरेपनि ढाकछोप गर्न र प्रधानमन्त्रीलाई ठिक पार्न छंदै थिए बाउ गिराजा कोइराला । अनि त्यसको भरमा उनले राष्ट्रिय ढुकुटीको पनि निकै दूरुपयोग गर्थिन । मनलागि आशे पासे बटुलेर अघि पछी लगाउँदै हिड्थिन देश बाहिर जाँदा । तर त्यसको पनि एउटा सिमा हुन्छ । सिमा नाघेपछी कसले सहन्छ ? राष्ट्रिय ढुकुटीको दूरुपयोग गर्दै अनावश्यक खर्च देखाएर बिदेश जान लागेपछि आज भने उनी प्रधानमन्त्रीको फेला परेकी छन् ।

 उनका बाउले जे सुकै भनुन भन्ने परेछ क्यारे प्रधानमन्त्री नेपाललाइपनि । आज भने प्रधानमन्त्रीले सुजाताको झ्याँको झारे । अमेरिका भ्रमणको खर्चमा सुजाताले प्रति व्यक्ति ३००० डलरका दरले पेश गरेकी रहिछन विमान खर्चकै । त्यत्रो त लाग्दै लाग्दैन विमान टिकटको । अनि त्यो देखेपछी माधव नेपालले बोलाए सुजातालाई । उनी आफु १८०० अमेरिकी डलर तिरेर उड्ने रहेछन अमेरिका । कसरि लाग्यो सुजाताको टिकटलाई ३००० अमेरिकी डलर ? उनले सिधै हप्काए- म १८०० डलरमा उड्ने गर्छु अमेरिका जाँदा । तपाईको टिकटको चाहिं ३००० डलर पर्ने ? राष्ट्रिय ढुकुटीबाट यत्रो अनावश्यक खर्च गर्ने टिकटमै ?

 राष्ट्र लुटेकी सुजातालाई के जवाफ दिउँ भैहाल्यो । उनले ‘यो त टिकटको पैसा हो त्यतिनै मागिएको हो । मैले लागेको टिकटको खर्च मात्रै पेशा गरेको हुँ’ भन्ने जवाफ दिईन । माधव नेपालले फेरी हप्काए-त्यत्रो खर्च लाग्दै लाग्दैन । टिकटको त्यत्रो फरक पर्दै पर्दैन । राज्यको धन कसले दूरुपयोग गरिरहेको छ हँ ? कि त त्यसो गर्ने को हो दोषी पत्ता लगाएर कारवाही गर्नु पर्र्यो । होइन भने त्यो टिकट बनाउने पद्दती बदल्नु पर्र्यो । राज्यको धन लुट्नु भएन । सुजाता नाजवाफ भएर फर्किन । म बुझ्छु भन्दै ।

तपाइँको प्रतिक्रिया