भारतीय सुरक्षाकर्मीको चड्कन खाए ऋषी धमलाले
आफ्नै घर झैँ गरेर सधैं भारतीय दुतावास वरिपरी नाच्थे पत्रकार ऋषी धमला । भारतीय कोहीपनि उच्च अधिकारी नेपाल आउन नहुने । उनी अघिपछि लागिहाल्थे । भारतीय राजदूतको त झन सधैं चाकरी । नेपालको सूचना भारतीय दूतावास समक्ष पुर्र्याउने गरेको आरोपपनि लाग्ने गरेको हो । अतीं गरेपछि खती हुन्छ भन्छन । आज भने अचम्मै भयो, त्यहि उखानसंग मेल खानेगरी उनले भारतीय उच्च अधिकारीको हो र ? सामान्य सुरक्षाकर्मीकै दह्रो चड्कन पाएछन् ।
लाजै मर्नु के भने उनले आफ्नो देशमा होइन त्यो चड्कन भारतमा भेटेका हुन् । भारतको बिज्ञान भवनमा । यो भवन नयाँ दिल्लीको मौलाना आजाद रोडमा पर्छ । यो एक ठुला ठुला सभा सम्मेलन गर्ने प्रसिद्द हल हो । उनी कुन सम्मेलनमा भाग लिन त्यहाँ पुगेका थिए भन्ने त स्पष्ठ भएन । तर उनी त्यहाँ कुनै कार्यक्रमकै लागि पुगेका थिए ।
भएको के रहेछ भने उक्त हल भित्र प्रवेश गर्ने बेला सुरक्षा जाँच गर्नुपर्ने । त्यहाँ प्रवेश गर्ने सबैको परिचय पत्र मागियो । सबैले फटाफट देखाए । तर ऋषी धमलाले उनी नेपालमा रहेको भारतीय राजदूतावास र सुजाता निवासमा झैं शान देखाएरपरिचय पत्र देखाउन आनाकानी गरेछन् । सुरक्षाकर्मीले फेरिपनि दोहोर्र्याएर परिचय पत्र देखाउन अनुरोध गरेछन् । तैपनि टेरेनन । भारतीय राजदूतलाई चिनेकै भरमा नेपालमा झैं भारतमा कहाँ चुरी फूरी चल्थ्यो र ? अनि हानेछन झाप्पड लौ त भन्दै सुरक्षाकर्मीलेपनी । उनी त्यहाँ एक्लै परेर हो र ? उनी संगै थिए मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव । तर उनको पो भारतमा के लाग्थ्यो र ? दुवै जना हिस्स परेर बसे ।




