लक्ष्मी पूजाको दिन पारेर पेरिसमा एकता समाज उद्घाटन

EKTA SAMAAJ 028हिजो लक्ष्मी पूजाको दिन पारेर बिदेशमा दुख पाएका नेपालीहरुको पिर मर्कामा साथ दिने प्रतिबद्दता ब्यक्त गर्दै पेरिसका यूवाहरुले नेपाली एकता समाजको उद्घाटन गरेका छन् ।

EKTA SAMAAJ 074

उद्घाटनका क्रममा समाजका अध्यक्ष तत्प भण्डारीले फ्रान्समा नेपाल र नेपालीलाई सहयोग गर्ने नाममा करिब तिन दर्जन संस्था गठन भएतापनि तिनले यहाँ दुख पाएका नेपालीहरुलाई खास सहयोग नगरेकाले आफुहरुले त्यस्ता नेपालीको दुख सुखमा साथ दिने मूल उद्देश्य राखेर नेपाली एकता समाज गठन गरेको बताए ।

 EKTA SAMAAJ 071

कार्यक्रमलाई समावेशी बनाउन समाजको उद्घाटन विभिन्न जनजातीका पांच पन्चकन्याहरुबाट गरिएको थियो । उद्घाटनका क्रममा पेरिसका विभिन्न संघ संस्थाका प्रतिनिधीहरुले संस्था सफलताको शुभकामना दिए । सो क्रममा पेरीसस्थित नेपाली दुतावासका तृतीय सचिव भरत खनालले नेपालीहरु जहा भएपनि एक अर्काको दुख र सुखमा साथ दिने संस्क्रितिनै भएकोले स्वदेशबाट टाढिएर बसेका बेला एकले अर्कालाई झन बढि सहयोग गर्नुपर्ने औंल्याए । जहा बसेतापनि हामी नेपालीहरुको मूल परिचय नेपाली भएकाले त्यो सस्कृतिलाई जीवन्त राख्नुपर्नेमा उनले जोड दिए ।

 EKTA SAMAAJ 003

नेपाली सांस्कृतिक गृहका अध्यक्ष हेमन्त उपाध्यायले बिदेशमा धेरै संस्था संस्था खुल्दा तिनले झन धेरै नेपालीलाई संगठित गर्ने र तिनका उद्देश्यपनि फरक फरक हुने भएकाले जति धेरै संस्था खुल्यो उति धेरै नेपालीहरु संगठित हुने हुँदा त्यसले नेपाल र नेपालीको हित गर्ने बताए । गैह्र आवासीय नेपाली संघ फ्रान्सका महासचिव हरि सापकोटाले गैह्र आवासीय नेपाली संघको उद्देश्यपनि नेपालीले नेपालीलाई सहयोग गर्नु र नेपाली संस्कृति जोगाउनु रहेकोले बिदेशमा रहेका नेपालीले मिलेर काम गर्नुपर्ने बताए ।

एभरेस्ट नेपाल एसोसिएसनका पूर्व अध्यक्ष पेम्बा शेर्पाले एकता समाजका अध्यक्ष तप्त भण्डारीलाई पेरिसमा दुख पाएका नेपालीहरुलाई सहयोग गर्ने एक मात्र  नेपालीको संज्ञा दिए। शुभकामना दिनेहरुमा एभरेस्ट नेपालका अध्यक्ष सुजाता केसी थिईन । संस्थाका सदस्य राजेन्द्र कार्कीले स्वागत भाषण गरेको उक्त कार्यक्रममा संस्थाको उद्देश्यबारे उपाध्यक्ष जगत थापा र आर्थिक गतिविधिबारे सुक गुरुंगले प्रकाश पारेका थिए ।

 EKTA SAMAAJ 086

कार्यक्रमको दोस्रो भागमा विभिन्न नेपाली गीत र संगीतमा नृत्य देखाईएको थियो । नेपाली झण्डा छातीमा भएको पहिरनमा विकास थापाले “म हुँ नेपाली” गीतमा नृत्य देखाउँदा नेपाली भावना प्रति दर्शकहरुलाई भुतुक्कै बनायो ।

EKTA SAMAAJ 155

“बासी पर्र्यो आज राती” गीतमा जगत खड्का पूजा गुरुंगलाई तिलहरी लगाइदिन खोज्दै  । सबै नृत्य अति सुन्दर थिए । यो सबै नृत्यको संयोजन यिनै कलाकार भाई जगत खड्काले गरेका रहेछन । उनको पटक पटक प्रशंसा गरेका थिए कार्यक्रम संचालक  प्रमोद पाण्डेले ।

EKTA SAMAAJ 128

“डाली डालीमा” गीतको बोलमा बहिनी लभिना पराजुली । असाध्यै सुन्दर नृत्य देखाइन यी बहिनीलेपनी ।

EKTA SAMAAJ 097

यी हुन् कलाकार विमल बस्याल “तालको पानी माछीले खानी” गीतमा । सर्पले शरीर बटारेझै गरेर नाच्छन  यी लोक गीतमा ।

EKTA SAMAAJ 090

केहि समय देखि नृत्य क्षेत्रमा सुस्ताएकी शुभद्रा हिजो “गैह्री खेतको शिरै हान्यो” गीतमा सुन्दर नृत्य देखाउंदै फेरी देखा परिन ।

EKTA SAMAAJ 146

“वासै  पर्र्यो   आज राती” गीतमा अनिता शाक्य र जगत खड्काको अर्को सुन्दर नृत्य ।

EKTA SAMAAJ 165

त्यसपछि राजेन्द्र लम्साल, घनश्याम पौडेल, विमला बिक, प्रबुद्द क्षेत्री, तामा दोवा शेर्पा, लासी शेर्पा, पासांग शेर्पा, नारायण घले, नवराज घलेको टोलीले दोहोरी गीत गायो ।

EKTA SAMAAJ 173

लोक गीत घन्केपछि यी घनश्याम दाई खप्न सक्दैनन अनि खुट्टा कर्काउँ दै, हात हल्लाउंदै अनि मुसुक्क हाँसेर थाल्छन नाच्न हलुको पाराले शरीर पात झैं हल्लाएर नाच्न । अनि त्यहि देखेर सानी नानी उनको तालमा नाच्न सिक्दै थिईन ।

EKTA SAMAAJ 012

तिहारको बेला हत्त पट्ट मानिस बाहिर निस्कंदैनन । तरपनि हिजोको कार्यक्रममा त थिए है निकै नै दर्शक । पहिलो कार्यक्रम राम्रो गर्र्यो भन्नु पर्छ एकता समाजले । न मात्तिनु न आत्तिनु ! यहि शुभकामना नेपालप्लसको तर्फबाट ।

तपाइँको प्रतिक्रिया