औंठी दिउँला चिनो

-दिपक कुमार बि.क.

 औंठी दिउँला चिनो तिमीलाई रुमाल साटिदिउँला

 दुई मुटुको मिलन हाम्रो दिलमा राखिदिउँला

 सपनिमा आउंथ्यौ तिमी स्वर्गकी परी बनी

 बिपनिमा आउँछ्यौ भनी बस्थें औंला गनी,

 तिमी आउने दोबाटोमा आँखा बिसाई रहुँला

 दुई मुटुको मिलन हाम्रो दिलमा राखिदिउँला ।

 तिम्रो सुन्दर रुपले मलाई पागल बनाईदिन्छ

 जती बिर्सु भन्छु त्यती याद आइदिन्छ,

 जती टाढा गएपनी तिमीलाई पर्खीरहुँला

 दुई मुटुको मिलन हाम्रो दिलमा राखिदिउँला ।

 क्याक्मी-९,स्याङ्जा

हाल: आबुधाबी, यु.ए.इ.

तपाइँको प्रतिक्रिया