छुट्ला है पेरिसको दोहोरी !!
साँच्चै दोहोरी राम्ररी गाउनेहरु भेट्न बिदेशमा त के स्वदेशमै पनि सजिलो छैन । तरपनि बिदेशका केहि ठाउँमा त्यस्ता दोहोरी गाउन सक्ने पारखीहरु पुगेका छन् र तिनले आफ्नो संस्कृतिलाई जीवन्त राख्ने कोसिस गरेका छन् । यहि आउने आइतवार ११ तारिख आइतबार का दिन पेरिसमा यस्तै भब्य दोहोरी चल्ने भएको छ । त्यसको लागि एन आर एन फ्रान्सले सम्पूर्ण तयारी गरेको जानकारी आयोजकले दिएका छन् ।
एन आर एन डेको अवसरमा गाउन लागिएको उक्त दोहोरी विशेष खालको हुने बताईएको छ । दोहोरी खेल्नकालागी केहि महिला कलाकारहरुलाई पेरिस बाहिरबाट समेत निम्त्याइएको छ । उक्त दिन वालवालिकाको गीता, चुटकिला, कथा लगायतका रचनाहरुपनी सुनाइने छ ।
कार्यक्रम मेजो अल्फार्ड स्टाडको हलमा हुँदै छ मध्यान्ह २ बजेबाट । कार्यक्रममा पुग्नकोलागि- मेट्रो-मेजो आल्फाद स्ताद । लाईन ८ ।
तपाइँको प्रतिक्रिया
सम्बन्धित
ताजा अपडेट्स
लोकप्रिय
फेसबुक




